श्रृङ्गा जनता मा.विमा जुनियर युवा रेडक्रस सर्कलको पुर्नगठन

श्रृङ्गा ,गुल्मी ।
श्रृङ्गा जनता मा.वि छत्रकोट ४ गुल्मीमा जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ।

विद्यालयमा सोमबार एक कार्यक्रमको बिचमा जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको हो जसमा अध्यक्ष पदमा कक्षा १० का छात्र रन्जित पन्थ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा कक्षा ९ बाट सोनिया कंडेल, उपसचिवमा कक्षा ९ बाटै अमित कंडेल र उपकोषाध्यक्षमा कक्षा ६ बाट प्रज्ञान कंडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष र कोषाध्यक्षको टुंगो लाग्न बाकी छ। त्यस्तै सदस्यमा अस्मिता अर्जेल, प्रदीप झांक्री, रक्षा पन्थ, चन्दन झाक्री र सिद्दान्त बन्जाडे निर्बिरोध चुनिएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको परिपत्र अनुसार कक्षा ८ सम्मका जुनियर सदस्य ४ जना र कक्षा ९–१२ का युवा सदस्य ७ जना गरि जम्मा ११ सदस्यीय रहने गरि नेपाल जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको विद्यालयका प्रधानाध्यापक विकाश चन्द्र खरेलले बताउनुभयो।

जसमा प्रधानाध्यापक खरेल संरक्षक हुनुहुन्छ भने शिक्षक नायकमा ललिता पन्थ र सह नायकमा माधव ज्ञवाली चयन हुनुभएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 836

Leave a Reply

Your email address will not be published. Required fields are marked *