नवनिर्मित सत्यवती सव डिभिजन बन कार्यालय भवनको उद्घाटन

चुरामणी तिमिल्सीना,रिडी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ रातामाटामा नवनिर्मित सत्यवती डिभिजन बन कार्यालय भवनको एक कार्यक्रमका
बिच लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्रालयलका सचिव दुर्गा बहादुर कार्कीले शिला अनावरण गरी उद्घाटन गर्नु भएको छ ।

डिभिजन बनकार्यालय तम्घास गुल्मीका बन अधिकृत प्रभात सापकोटाको अध्यक्षमा कार्यक्रम गरिएको हो ।
रिडी सत्यवती सब डिभिजन कार्यालय रिडीका प्रमुख दयाराम पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

४० लाख लागतमा निर्माण भएको भवनमा ३कोठा सहित एक कार्यक्रम हल समेत निर्माण भएको छ ।
तिलिस्मि कन्स्ट्रक्सन प्रा लि ले जिम्मेवारी पाएको भवन छोटो समयमै सम्पन्न गर्न सफल भएको भन्दै कम्पनीका सुन्दर भण्डारी र बिष्णु नेपाललाई सम्मान सहित भवन निर्माण पूरा गर्न सहयोग गर्नुहुनेअन्यलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा सुभकामना राख्दै वडा न १ का वडा अध्यक्ष नवराज बिकले यश कार्यालय लाई संरक्षण तथा पर्यटन प्रबन्धनम समेत
टेवा पुर्याउन सक्ने हुनाले यश क्षेत्रमा रहेको सामुदायिक बनलाई हरियाली बनाउदै पिक निक स्पोट पार्क निर्माण ,चिडिया घर जस्ता
नयाँ सम्रचना निर्माण गर्न आग्रह गर्नु भयो।

कार्यक्रममा शुभकामना सहित सम्बोधन गर्दै प्रमुख अतिथी सचिव कार्कीले यश क्षेत्र लाई पर्यटन प्रबधानात्मक कार्यक्रमहरु सन्चालन गरिने , धार्मिक क्षेत्रमा धार्मिक क्षेत्रका लागि उपयुक्त हुने बृक्ष रोपण कार्यक्रम गरिने रुरु आउने पर्यटक लाई रेसुङगामा पुर्याउ विभिन्न योजनाका साथ कार्यक्रम अगाडी सारिने बताउदै यश भवनको लागि आवस्यक पर्ने बजेट्को थप प्रबन्ध मिलाउने प्रतिबद्धता जायर गर्नु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक म लाल बन्जाडे समाजसेबि हिमाल श्रेष्ठ ,अमुल्य श्रेष्ठ राजेन्द्र जबरा ,प्रेम भण्डारी, अशोक श्रेष्ठ, उमनाथ पाण्डे , महिला समुह पत्रकार लगायतको आथित्यता रहेको थियो।।

कार्यक्रम पश्चात् वर पिपल इमिली श्रीखण्ड लगायतका बिरुवा समेत रोपण गरिएको थियो ।कार्यक्रमको सन्चालन मुना शर्माले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 836

Leave a Reply

Your email address will not be published. Required fields are marked *