रिडी,गुल्मी ।
रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डट्कमले आउदो श्रावण २५ गते देखि दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिताको शुभारम्भ गर्ने भएको छ ।
रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले यसबर्ष पनि बिगतका बर्षहरुमा जस्तै सामाजिक सन्जालबाट खुल्ला तिज नृत्यप्रतियोगिता गर्ने प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनु भयो।
तिमिल्सिनाले गाउँमा लुकेका प्रतिभाहरु लाई सामाजिक सन्जाल बाट प्रचारप्रसार गर्न र नयाँ नया खोजी प्रतिभाको बिकास कला सस्कृतीको संरक्षण मौलिक प्रतिभा लाई स्थान दिन बिगतका दिनमा गरिएको कार्यक्रमले निकै नै सफलता प्राप्त गरेकोले बिगत बर्ष जस्तै यश बर्ष पनि यो कार्यक्रमको आयोजना गर्न लागीएको बताउनु भयो।
महिला हरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आउदो २५ गते कार्यक्रमको उत्घाटन गरि भाद्र ९ सम्म कार्यक्रम सन्चालन गरिने र तिजकै आसपासमा नतिजा प्रकासन प्रसारण पनि गरिने कालीगण्डकी पोस्टका सम्पदाक यम सोमैले जानकारी दिनु भयो ।
अनलाईन तिज कार्यक्रममा सहभागी सबै लाई प्रमाण पत्र समेत बितरण गरिने र विभिन्न बिधाका पुरस्कार हरुराखी कार्यक्रम लाई अझ प्रभाव कारी रुपमा सन्चालन गरिने मौलिक प्रतिभा लाई मध्यम नजर गरि विशेष पुरस्कर प्रदान गरिने, नतिजाका आधार हरु पनि केही दिनमा सार्वजनिक गरिने रुरु सन्चार अन्लाईन खबरका सम्पादक बिष्णु प्रसाद पाण्डेले बताउनु भयो ।