तिज मिलन कार्यक्रम अर्गलिमा सम्पन्न

नेपाल महिला संघ अर्गली पाल्पाले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । महिला संघ अर्गली पाल्पाकी अध्यक्ष चन्द्रकला खनालको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । यस्तै कार्यक्रममा नगर उपप्रमुख प्रतीक्षा सिङजाली अर्गली पाटी सभापती दधिराम न्यौपाने महिला संघ जिल्ला सभापती गङ्गा पौडेल , पाटि प्रेमी माधव नेपाल नेपाली कङ्र्से जिल्ला सचिव सुनिता अधिकारी , केन्द्रिय सदस्य रमा पन्थ गिता भट्टराई सुमित्रा राना , रेखा रेग्मी लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले चार्डपर्वहरु मनाउदा आफ्नो शक्ति अनुसार मनाउ, पर्वलाई भट्किलो नबाउन भन्दै तिजको पर्वको लागि शुभकामना समेत प्रदान गर्नु भयो ।

कमला बास्तलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सीता ज्ञवालीले राख्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *