नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न

टोपराम केसी
श्रावण-२९,२०७९
छत्रकोट गाउँपालिका गुल्मी ।
नेकपा एमाले निकट नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय प्रथम भेला छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ।

उक्त भेला हिजो नेकपा एमाले छत्रकोट गाउँकमिटीको कार्यालय भेडुवामा सम्पन्न भएको हो।

नेपाल वुद्धिजीवि परिषद गुल्मीका सह-ईन्चार्ज शोभाकर पन्थको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले लुुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् नि.वर्तमान छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा नि.वर्तमान छत्रकोट गाउँपालिका कि उपाध्यक्ष नर्मदा भण्डारी ,प्रदेश कमिटी सदस्य होमनाथ कंडेल,लोक वहादुर ज्ञवाली ,नेकपा एमाले छत्रकोट गाउँकमिटीका अध्यक्ष पिताम्वर अर्याल,छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवाली,गाउँकमिटीका सचिव एग्य पाण्डे लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

खुला सत्रमा नेकपा एमाले लुम्बिनी प्रदेश का सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मधुकृष्ण पन्त,प्रदेश कमिटी सदस्यहरु नर्मदा भण्डारी ,होमनाथ कंडेल,लोक वहादुर ज्ञवाली,लुम्बिनी प्रदेश स्ततरीय स्कुल विभागका सदस्य सम्भु ज्ञवाली,नेकपा एमाले गुल्मी जिल्ला कमिटीका सदस्य एवम् छत्रकोट गाउँकमिटीका अध्यक्ष पिताम्वर अर्याल, लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पनतको स्वागत मन्तव्य रहेको खुला सत्र कार्यक्रमको सञ्चालन नेकपा एमाले वुद्धिजीवि परिषद गुल्मीका सदस्य तथा वडा नम्वर ४ का वडाध्यक्ष गुणाकर ज्ञवालीले गर्नु भएको थियो।

उद्घाटन कार्यक्रम सम्पन्न पश्चात् बन्द सत्रको आयोजना गरिएको थियो।

बन्द सत्रले टंक पन्तको अध्यक्षतामा ३७ सदस्यीय छत्रकोट गाउँपालिका स्तरीय नेपाल वुद्धिजीवि परिषद कमिटीको गठ गरेको नेकपा एमाले छत्रकोट गाउँकमिटिका सचिव एग्य पाण्डेले जानकारी दिनु भयो।

पाण्डेका अनुसार उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी,सचिवमा थम्मन घिमिरे,सह-सचिवमा गंगा पन्थ,कोषाध्यक्षमा जुद्ध वहादुर पछाई लगाएत चयन हुनु भएको छ ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुकोसपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको थियो।

सपथ ग्रहण पश्चात् नवनिर्वाचित परिषद्का अध्यक्ष टंक पन्तले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो भने,नेपाल वुद्धिजीवि परिषदका केन्द्रीय सदस्य गोविन्द गौतमले सम्पुर्ण नव निर्वाचित पदाधिकारीहरुलाई वधाई एवम् शुभकामना दिनु भएको थियो।

भेलामा गाउँपालिका भरवाट करिव ८०-९० जना वुद्धिजीविहरुको सहभागिता रहेको नेकपा एमाले छत्रकोट गाउँकमिटीले जनाएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *