टोपराम केसी
भाद्र,२ ,२०७९
तम्घास ,गुल्मी।
नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा यज्ञशालामा सञ्चालन हुने भएको छ।नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेशकुमार भण्डारीका अनुसार उक्त प्रशिक्षण कार्यक्रम भाद्र ४ गते शुक्रवार देखि ६ गते सम्म चल्नेछ।३ दिने विशेष प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मान्नित नेता एवम् पुर्व प्रधानमन्त्री झलनाथ खनाल,पुर्व सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सचिव रामकुमारी झाँक्री ,वामपन्थी नेता युवराज पन्थी,पार्टीका केन्द्रीय स्कुल विभागका सचिव अशेष घिमिरे,नेकपा एसका लुम्विनी प्रदेश कमिटी सचिव राजु गुरुङ,लुम्बिनी प्रदेश स्कुल विभागका प्रमुख टिकाराम रिजाल लगाएतका विशिष्ट नेताहरुले प्रशिक्षण दिने नेकपा एकीकृत समाजवादी गुल्मीले जनाएको छ।
नेकपा एकीकृत समाजवादी गुल्मीका संयोजक नरेशकुमार भण्डारीका अनुसार पार्टीको दर्शन,वर्तमान राजनीति र आगामी कार्यदिशा ,शिद्धान्त र व्यवहार विचको एकरुपता ,जनवादी केन्द्रियता,मार्क्सवादी अर्थसाष्त्र,श्रम तथा पुँजीवजार,द्वन्द्धवादको नियम लगाएतका विषयमा प्रशिक्षण दिईनेछ।यस्तै जिल्ला अध्यक्ष भण्डारीका अनुसार राजनितिक शव्द र परिचय,राष्ट्रिय एवम् अन्तराष्ट्रिय परिस्थिति ,पार्टी संगठन तथा शिद्धान्त,साँस्कृतिक रुपान्तरण लगाएतका अन्य समसामयिक विषयमा समेत प्रशिक्ष दिने कार्यक्रम रहेको वताईएको छ।प्रशिक्षण कार्यक्रम तय भैसकेकाले सम्मानित नेता खनाल, र पुर्व मन्त्री झाँक्री लगाएतका अन्य विशिष्ट नेताहरु गुल्मी आउने तयारीमा रहेको पार्टी स्रोतले जनाएको छ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्मुखमा हुनलागेको सो प्रशिक्षणले जिल्लामा पार्टीको संगठन थप मजवुत हुने नेकपा एकीकृत समाजवादी गुल्मीको विस्वास छ।
