टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्दै बाग्लुङ प्रहरी

बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ।

निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको शव फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको शव बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो

विकको हत्या वा अन्य केहि कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा राखिएको थियो।

सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको शव पोष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पोष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्रहरीले जनाएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *