दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज प्रतियोगिताको नतिजा सार्बजनिक

दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९ को नतिजा प्रकाशन तथा प्रसारण सार्वजनिक गरिएको छ । ९५ जना कलाकारहरुको सहभागी रहेको प्रतियो गितामा रुरु ३ कि आकृति पोख्रेल प्रथम गुल्मी दर्बार ५का रेनु र सलिना ढेङ्गगा दुत्तीय यस्तै गुल्मी छत्रकोट ४ दिगाम कि शुभेच्छा न्यौपाने तृतीय स्थान हासिल गर्नु भएको हो । प्रतियोगितामा गुल्मी अस्लेवा कि बिष्णु बुचा मगरले सान्त्वना र पाचौ नम्बरमा पाल्पा अर्गलीकि आसा पाण्डे बिजेता बन्नु भएको हो।

यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्य तर्फ नवलपरकि अनिसा अर्याल मौलिक प्रतिभा पुरस्कार सुवेक्षा राना पृया बिक पाल्पा अर्गलीले हात पारेको हो यस्तै कार्यक्रममा उमेर हक तर्फ गुल्मी दर्बार गाउँपालिकाकि लक्ष्मी अर्याल र बाल प्रतिभा तर्फ छत्रकोट ४ हाल बुटवलकि अग्रिमा पन्थ बिजेता बन्न सफल हुनु भएको आयोजकले बताएको छ ।

रुरु धार्मिक सेवासन्चार प्राली रुरु धाम कालीगण्डकी पोष्ट डट स्याङ्जाको आयोजना र रुरु सन्चार अन्लाईन खबरको मिडिया समियोजनमा कार्यक्रम गरिएको हो। कार्यक्रममा ९५ जनाको सहभागीता रहेको थियो ।

नतिजा सार्वजनिक गर्दै रुरु सन्चारका अध्यक्ष तथा सन्चालक चुरामणि तिमिल्सिनाले स्थानिय स्तरमा लुकेका प्रतिभा लाई उत्थान गर्न, आफ्नो कला, भाषा, सस्कृती, रितिरिवाज लाई संरक्षण गर्दै गाउँ टोलमा गाइने तिनै पुरना मौलिक तिज लाई संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो । तिमिल्सिनाले यश कार्यक्रम लाई सफल पार्न योग्दान गर्ने , शुभकामना प्रदान गर्ने तथा विभिन्न क्षेत्र बाट विभिन्न सहयोग गर्ने लाई धन्यवाद समेत प्रदान गर्नु भयो ।

यस्तै कार्यक्रममा सन्चारका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले बिजेता टोलि लाई औपचारिक कार्यक्रमका साथ पुरस्कार बितरण गरिने आफ्नो कला गला प्रतिभा देखाउन अग्रसर हुने कलाकार बैनी तथा आमाहरु लाई हार्दिक धन्यवाद दिदै प्रतिभा लाई अगाडि बढाउन आगामी दिन्मा फरक कार्यक्रमका साथ कार्यक्रम आयोजना समेत गरिने बताउनु भयो।

यस्तै कालीगण्डकी पोष्टका कार्यकारी सम्पादक यम सोमैले बिगत बर्ष जती सहभागी नभए पनि भिडियोहरु परिमार्जन सहित कार्यक्रममा आउँदा आयोजक लाई धेरै सहज भएको , प्रतिभा राम्रा राम्रा प्रस्तुत भएको बताउदै आगामी दिन्मा फरक कार्यक्रमका साथ सन्चार टिम लाग्ने बताउनु भयो। कार्यक्रममा मुख्य निर्यायक स्मृती तिमिल्सिना गुरु आमा, यस्तै सिमा पन्थ र दिपिका थापा रहनु भएको थियो। कार्यक्रमलाई सम्पादन गर्न भाष्कर मणि खनाल खुम प्रसाद मरासिनी इन्दिरा पोख्रेल राजन आचार्य र कमला पोख्रेलको योग्दान रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद प्रकट गर्नु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *