गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित ,,,नेतृ झाँक्रीलाई थपियो चुनौती

टोपराम केसी
भाद्र,२०,२०७९
तम्घास,गुल्मी।
गुल्मीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको गुल्मी जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएको छ।जिल्ला सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक समारोहमा नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला ईन्चार्ज गणेश खनाल सहित अधिकांश जिल्ला स्तरका नेताहरू नेकपा एमालेमा फर्किएका हुन्।एमालेमै फर्किनेमा जिल्लाका अन्य चर्चित नेताहरु रहेको बताईएको छ। नेकपा एमालेबाट विभाजित भएर गत वर्ष बनेको नेकपा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा खासै सफलता हासिल गर्न सकेको थिएन। राम्रो मत ल्याउन सफल भए पनि राम्रो सफलता प्राप्त हुन नसक्दा निराश बनेका कार्यकर्ता एमालेमै फर्किएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै बिनासर्त नेकपा एमालेमा समाहित भएका गुल्मीका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्ट लगायत नेता तथा कार्यकर्ताले अबिर र खाँदा लगाएर स्वागत गरेका छन्।

गुल्मीको क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र नेकपा एमालेका गोकर्ण विष्टको चुनावी चर्चा चलिरहेका बेला फेरी उक्त क्षेत्रमा विष्टले सहजै जित निकाल्ने धेरैले अनुमान गरेका छन्।नेकपा एमालेमा समाहित भएका नेपा एसका जिल्ला संयोजक नरेस भण्डारीका अनुसार वैज्ञानिक समाजवादको चिन्तलाई अवलम्बन आफ्नो पार्टीले गरेको तर काङ्ग्रेसलाई बलियो वनाएर त्यो सम्भव नहुने भन्दै नेकपा एस काङ्ग्रेस लाई बलियो वनाउन केन्द्रित रहेको गम्भिर आरोप लगाउँदै आफुहरु नेकपा एमालेमै समाहित हुनु पर्ने अवस्था आएको उहाँले वताउनु भयो।अब रामकुमारी झाँक्रीलाई ठुलो चुनौती थपिएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *