विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी को चौथोे जिल्ला सम्मेलन क सुमन को नेतृत्वमा १७ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालीकाको कुमारी मन्दिरमा सम्पन्न उक्त सम्मेलनको समुद्घाटन सम्मेलनका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रजलद्वारा उद्घाटन समारोह लेखिएको ब्यानर फुकाउदै मैनबत्ती बालेर गरिएको थियो । प्रमुख अतिथिद्वारा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय(अन्तर्राष्ट्रिय परिस्थिति , वैज्ञानिक समाजवादको टड्कारो आवश्यकता, एकीकृत जनक्रान्तिको औचत्यको बारेमा स्पष्ट धारणा राख्दै वर्तमान परिस्थिति वैज्ञानिक समाजवाद स्थापनाको लागि अनुकूल रहेको धारणा व्यक्त गरिएको थियो । जिल्ला इञ्चार्ज अपेक्षा अर्घाखाँची जिल्लाका सचिब खेम तथा कपिलवस्तु सचिब कमल लगायतको शुभकामना मन्तव्य राखिएको उक्त सम्मेलनको उद्घाटन समारोहमा जिल्लाका सचिब सुमनको अध्यक्षता , स्वागत मन्तव्य बिनोदको रहेको थियोे ।
कार्यक्रमको सन्चालन जिल्ला सदस्य बसन्त ले गर्नु भएको थियो
