गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले मुख्य बजार क्षेत्रमा टोलि बिभाजन गरेर अनुगमन कार्य गरेको हो । गुल्मीको रिडी बजार , बलेट्क्सार र रानिबास क्षेत्रमा अनुगमन गरेको अनुगमनमा खटिनु भएका कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले बताउनु भयो । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना र खाध्य प्रबृधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको उपस्थितमा अनुगमन गरिएको पालिका उपाध्यक्ष तथा बजार अनुगमन कार्यक्रमका संयोजक मिना देबि गौतमले बताउनु भयो । कार्यक्रम उपाध्यक्ष गौतमको अध्यक्षतामा गरिएको समेत थियो।
अनुगमन कार्यक्रममा प्राय गरि म्याद गुज्रिएका खाध्य सामाग्री, पिय पदार्थ जुस सोयाबिन , सुजि लगायतका सामाग्री टोलिले जफत गरेको हो । अनुगमनमा
प्राय गरि दर्ता नगरी नै पसल सन्चालन गरिएको , एक नाम अर्को पसल सन्चालन भएको , लेबल बिना नै सामाग्री बिक्रि गरिएको , होटलमा सरसफाइ नै नभएको समयमा कर दाखिला नगरिएको ,समयमा सम्बन्धीत स्थानमा नवीकरण नगरिको, मुल्य सुचि नै नराखि पसल सन्चालन भएको ले एक साता सम्म कमजोरी लाई सुधार्न्न मौका प्रदान गरेको पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी गराउनु भयो। अध्यक्ष ज्ञवालीले ब्यापारी बर्गहरु लाइ सार्बजनिक स्थान तथा नाली माथी पसल तथा फलफुक तन्दुरि भट्ति समेत सन्चालन नगर्न आग्रह गर्नु भयो।
यस्तै अनुगमनकार्यक्रममा पालिकाका प्रमुख प्रशाकीय अधिकृत मधु कृष्ण पौड्याले हरेक पसलहरु लाई सल्लाह सुझाब प्रदान गर्दै सामान खरिद गर्दा अनिबार्य रुपमा बिल जारी गर्नु पर्ने म्याद हेरेर मात्र सामान खरिद बिक्रि गर्नु पर्ने स्वास्थ लाई असर पार्ने खालका खाधन्न तयारी गरि बिक्रि नगर्न आग्रह गर्नु भयो। टोलिमा खटिनु भएका खाध्य अनुसन्धान पाल्पाका अधिकृत नरेस श्रेष्ठले बजारमा तयारी गरि बिक्रि गर्न्न राखियका खाध्य तयारी खानामा रसायनिक केमिकल बढदो भएकोले यश लाई प्रयोग नगर्न र बिल तथा नापतौल लाई टिक तरिकाले सन्चालन गर्न आग्रह गर्नु भयो।
अनुगमन कार्यक्रममा जन प्रतिनिधी कर्मचारी ,पत्रकार , उधोग बाणिज्य संघका पदाधिकारीहरु सुरक्षा निकाय व्यापारी प्रतिनिधीहरुको सहभागीता रहेको थियो । टोलिले जफत गरिएका सम्पुर्ण सामाग्री ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नस्ट गरिएको हो