भदौ-२४
चुरामणि तिमिल्सिना – गुल्मीको रिडीमा १ दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कृषि प्रविधि हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम न्यु डायमण्ड शान्तिपुर होटल एण्ड लजमा सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंक शाखा कार्यालय रिडीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। गुल्मीको रुरु , छत्रकोट , पाल्पा, तानसेन नगर पालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ७५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम उद्घाटन रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गर्नु भएको हो । उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले वित्तीय साक्षरता कार्यक्रम हरेक नागरिकले बुझ्नु पर्ने हरेक नागरिकले बैंकलाई साथी बनाउनु पर्ने र हरेक नागरिकको खाता हुनु पर्ने बताउदै बैंकले कमाएको केही मुनाफा स्थानीय तहमा नै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम संचालन समेत गर्न आग्रह गर्नु भयो ।
उहाँले पालिकासंग सहकार्य गरेर दिदी बहिनीहरुलाई आयआर्जन् मुलक कार्यक्रममा लागे पालिकाले सबैलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिना देबि गौतम ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडे , उद्योग बाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपती वडा नम्बर १ का वडा सदस्य घनश्याम ज्ञवालीको विशिष्ट आथित्यता रहेको थियो।
उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि प्रस्तुति अनुगमन अधिकृत सागर अर्याल कृषक संग मुक्तिनाथकाे प्रस्तुति मुक्तिनाथ कृषि कम्पनिबाट पवन ज्ञवालिले राख्नु भएको थियो ।
उक्त कार्यक्रममा उत्कृष्ट केन्द्र पनि घाेषणा गरिएकाे थियाे जस्मा मिलन मुक्तिनाथ महिला बिकास केन्द्र प्रथम, हर्दिनेटा महिला बिकास केन्द्र द्वितीय र बिबाेरि महिला बिकास केन्द्र तृतीय भएका थिए कार्यक्रमको सहजिकरण शाखा प्रमुख मेघराज ज्ञवालीले गर्नु भएको थियो।