स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित

आश्विन,३,२०७९
गुल्मी।नेपालको संविधान २०७२जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ।सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो।आज संविधान दिवसको मुख्य दिन देशै भर विविध कार्यक्रमहरुको आयोजना गरि संविधान दिव मनाईएको छ।संविधान दिवसका अवसरमा नेपाल सरकारले कैदसजाय भोगीरहेका हरुलाई कैदी मिनाह देखि अमुल्य त्याग र योग्दान प्रदान गर्ने विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत विभुषित गरेको छ।यसै विच
संबिधान दिवसको अवसरमा आयोजित बिशेष समारोहका बिच गुल्मीको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सम्मानित हुनु भएको छ ।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ ज्यूबाट पोखरेल सम्मानित हुनु भएको हो। स्वास्थ्य शाखा प्रमुख पोखरेलले छत्रकोट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा देखिने गरि कार्यसम्पादनमा आफुलाई अब्बल सावित गराउनु भएको थियो।उहाँको सोही कार्यकुशलता,भुमिका र योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 853

Leave a Reply

Your email address will not be published. Required fields are marked *