चुरामणि तिमिल्सिना
गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत निशुल्क स्वास्थ शिविरको औपचारिक समारोहको बिच कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो।
रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजनामा तथा नेपाल हृदय रोग निवारण प्रतिस्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा नेपाल औसधि ब्यबसायी संघको सहकार्यमा कार्यक्रम आयोजना भएको कार्यक्रमका अध्यक्ष रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा अध्यक्ष ज्ञवालीले यो शिविर बाट झन्डै २५०० को हारहारिमा विभिन्न रोगका बिरामीहरुले सेवा लिने तथा जटिल प्रकारका बिरामी हरुलाइ पालिकाको सहयोगमा सम्बन्धि निकाय सम्म उपचार गराउन सहयोग गर्ने प्रतिबद्धता जायर गर्दै सबैको साथ सहयोग रहेमा आगामी दिन्हरुमा पनि यस्ता शिविर पालिकाले सन्चालन गर्ने बताउनु भयो।
कार्यक्रममा विशिष्ट अतिथी पौडलले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई पालिकाले पहिलो एजेन्डालाई नै बनायर शिविर सन्चालन गरेकोमा बधाई ज्ञापन गर्दै अबका दिनमा हरेक महिना विभिन्न खालका बिरामीहरु लाई मासिक रुपमा नै यस्ता कार्यक्रम सन्चालन गरे जनता बेलैमा उपचारको खोजीमा लाग्ने लामो समय बाच्ने कुरामा जोड दिदै भोलि हुने विशेष मुटु रोग तथा सचेतना सम्बन्धि अंतरक्रिया कार्यक्रम लाई सफल पार्न आग्रह समेत गर्नु भयो।
पालिका उपाध्यक्ष मिना देबि गौतमले कार्यक्रममा स्वागत गर्दै गाउँ बस्ती बाट विभिन्न प्रकारका रोगहरु पालेर बस्नु भएका आमा बुवा दिदी बैनी दाजु भाइहरुलाई शिविर नाम मात्रको बृहत् नभइ सेवा समेत बृहत भएकोले सबै लाई सेवा लिन सेवाको प्रचारप्रसार गर्न आग्रह गर्नु भयो।
औपचारिक समारोहमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी मुटु विशेषज्ञ सुमन बन्जाडे नेत्र ज्वती संघ केन्द्रिय सचिव भरतबहादुर चन्द्र गुल्मी सभापति शेर बहादुर थापा निवारण प्रतिस्ठान लुम्बिनी प्रदेश अध्यक्ष अखिलेस्वर पाण्डे , कार्यक्रममा विशिष्ट अतिथी रहनु भएको थियो।
समारोहमा पालिकाका सबै वडाका अध्यक्ष कार्यापालिका सदस्य वडा सदस्य पालिका विभिन्न साखाका प्रमुख पत्रकार महिला समुह आमा समूह युवा क्लब दलका प्रतिनिधि शिक्षण संस्थाका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो। पालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल तथा स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले यस शिविरबाट पाल्पा स्याङ्जा गुल्मी र केही अर्घाखाँची बाट पनि सेवा लिने बताउदै सेवामा कुनै पनि अभाव हुन नदिन डाक्टर सङ्ग सिङ्गो टिम नै लागि परेको बताउदै सेवा ९ गते दिउस सम्म सन्चालन हुने बताउनु भयो।
यता वार्ड न १ का वार्ड अध्यक्ष नवराज बिकले यहाँको स्थानिय संघ सस्थाको ठूलो प्रयास साथ सहयोग र सबै सहयोगमा शिबिर बाट सोचेको सेवा प्रवाहमा कुनै कमि नहुने बताउनु भयो कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।