चुरामणि तिमिल्सिना
हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।
चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच रिडी बसपार्कमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो ।
पर्वका बेलामा यातायातमा बढी मात्रामा यात्रुहरुको चाप हुने र महत्त्वपूर्ण सामग्री सहित घर फर्किने समय भएकोले यात्रुहरुलाइ सुबिधा तथा सहज वातावरणमा गन्तव्य सम्म पुर्याउन नागरिक सहयता कक्षको स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका वरिष्ट हवल्दार नन्द बहादुर शाहिले जानकारी दिनुभयो।
पर्वका बेला यातायात वालाले बढी भाडा असुल गर्ने,यातायातको गति छिटो गर्ने ,यात्रीका गुनासा बढ्ने ,बिच बाटोमा नै यात्री अलपत्र पर्ने हुँदा जिल्लाका विभिन्न स्थानमा यसरी नागरिक सहायता कक्षनै स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनु भयो । उहाँले हरेक चोक तथा बढि भिडभाड हुने स्थानमा ट्राफिक प्रहरी खटेर चेकजाँच कार्य लाई अगाडी बढाउन सबै ट्राफिक प्रहरी हरुलाई निर्देशन समेत दिनुभएको छ ।
यता ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक एमलाल बन्जाडेले चाडबाडको समयमा जुनसुकै स्थानमा पनि विभिन्न प्रकारका घटना तथा चोरी डकैती हरु बढ्ने ,बारुद पडकाउन ,डर त्रास देखाइ लुट्पाट गर्ने गिरोहनै सक्रिय हुने हुदाँ स्थानिय लाई घर बाहिर जाँदा सामाग्री सहित घरको गेट राम्रो शीत बन्द गर्न, सिसि क्यामेरा भए सन्चालन गर्न, नयाँ मान्छे तथा सङकास्पत कोहि व्यक्तिहरु भएमा प्रहरी लाई तत्काल खबर गर्ने मदिरा तथा पिय पदार्थ को ब्यापार नगर्ने जस्ता विषयमा सचेत गराउनु भयो ।