चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई दशा बनेको छ । हुनेखानेलाई बडादशैँ सामान्य लाग्न सक्छ । तर हुँदा खानेहरुको परिवारलाई लागि दशैँ दशा बनेको छ । त्यसको उदारण हुन् रुरुक्षेत्र गाउँपालिका बलेटक्सारका ४ जना स्थानीय । “दशै आइसक्यो तर उनहरुको घरमा दशैँमा खानको लागि चामल, तेल छैन्” । तर उनीहरुको दशैँ पर्व मनाउनको लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलले खाद्यान्न एक कार्यक्रमका बिच सहयोग गरेको हो ।
सामाजिक भावनाले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले आफ्नो जन्मदिनको अवसरमा अतिरिक्त खर्च कटौती गरी, खडा गरेको birthday Fund बाट स्कुलको सेरोफेरोमा रहेका ४ जना विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलका प्रिन्सीपल योजन खत्रीले जानकारी दिए ।
विपन्न परिवारहरुलाई चामल २ बोरा प्रति परिवार, दाल ५ किलोग्राम, चिनी २ किलोग्राम, नुन ४ किलोग्राम, चियापत्ति १ प्याकेट, चाउचाउ १ प्याकेट, खानेतेल २ लिटर सहयोग गरिएको प्रिन्सीपल खत्रीले बताए ।

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग समय समयमा गर्दै आएको छ । त्यहाँका स्थानीयहरुले पनि स्कुलको प्रशंसा गरिरहेका छन् ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *