रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ भएको छ ।जनचेतना युवा मंच पाल्पाको आयोजना र तानसेन नगरपालिका पाल्पाको सहकार्यमा मेला आयोजना गरिएको हो।
मेलालाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कृषि मन्त्री सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा प्रदेशका कार्यक्रमहरु निरन्तर संचालन भएकाले आफ्नो कार्यालयबाट अनुगमन गरिरहेको , किसानको मागको आधारमा बजेट बिनियोजन गरिएको , हरेक युवा बर्गहरु लाई स्वदेशमा नै रोजगार दिलाउन कृषि कार्यक्रमका लागि ठुला ठुला बजेटको ब्यबस्थापन गरिएको बताउनु भयो ।
समारोहमा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल राना वडा सदस्यहरु बिष्णु रेग्मी सीता ज्ञवाली रमेश न्यौपाने विशिष्ट अतिथी रहनु भएको थियो कार्यक्रममा ,राजनैतिक दलका प्रमुखहरु पत्रकार सुरक्षा निकाय महिला समुह विभिन्न संघ सस्थाका प्रमुखहरु धार्मिक अभियानताहरुको आथित्यता रहेको थियो
कार्यक्रममा वडा न १४ का वडा अध्यक्ष कमल रानाले मेलाको विषयमा प्रष्ट पार्दै धार्मिक पौराणिक महत्त्वपूर्ण तथा यश भेगमा कृषिमा भएका उप्लब्धी माथी चर्चा गर्नु भएको थियो।
उत्घाटन सत्रमा सस्कृती झलकने पाल्पाको फागु गित रचुडका भजन प्रस्तुत गरियको हो । मेलालाई आकर्षक बनाउनको लागि कृषि प्रदसनी राष्टिय कलाका स्थानिय कलाकाको बेजोड प्रस्तुति रहने छ महोत्सव चैत्र २७ गते सम्म सन्चलन हुने छ ।कार्यक्रमको सन्चालन पत्रकार भुवन भुसालले गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा न १४ का वडा सदस्य बिष्णु रेग्मीले गर्नु भएको थियो , कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष अर्जुन कौसलले गर्नु भएको थियो।