चुरामणि तिमिल्सिना कार्तिक २
अटिजम पाठशाला नेपाल रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीको पाँचौ बार्षिक साधारण सभा आफ्नै कार्यालयमा औपचारिक समारोहका बीच सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका का पालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष ज्ञवालीले सामाजिक संघ सस्थाहरु स्थापना गर्न सजिलो भएता पनि पछिका दिनमा दीर्घ कालिन रुपमा अगाडी सन्चालन गर्न तेतिसहज नभएकोले सवै लाई आग्रह गर्दै यस्लाइ कुनै पनि अवरोध बिना आर्थिक तथा भौतिक रुपमा कमि हुन नदिने पालिकाले सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो।
सस्थाका अध्यक्ष अमृता ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा इन्जिनियर लोकेश ज्ञवाली ,डा सतिस रुपाखेति , यस्तै पुर्व पालिकाका उपाध्यक्ष लक्ष्मी देवि पन्थ वडा न १ का पुर्व वडा अध्यक्ष रामलाल बिक , पुर्व जन प्रतिनिधि सिता ज्ञवाली ,भगवती बराल , वडा न १ वडा सचिव तथा जगा दाता राम प्रसाद ज्ञवाली जन प्रतिनिधि सुरक्षा निकाय पत्रकार बितिय सस्थाका प्रमुख हरु अभिभावक , सस्थाका प्रतिनिधिहरु आजिवन सदस्य यस्तै लगायतको आथित्यता रहेको थियो ।
सस्थाकि उपाध्यक्ष रेणुका पन्थिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा डा सतिस ज्ञवालीले अटिजम बच्चाहरु लाई इतिहास अटिजम हुने तरिका अध्यान गराउने तरिका , खुसि बनाउने विषय बस्तुका विषयमा प्रशिक्षण गर्नुका साथै कार्यक्रममा शुभकामना राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष ज्ञवालीले आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो। यस्तै समारोहमा इन्जिनियर लोकेश ज्ञवालीले अटिजम पाठशाला लाई कार्यलयका काम सम्पादन गर्न १ थान ल्यापटप प्रदान गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद भण्डारीले गर्नु भएको थियो।