चुरामणि तिमिल्सिना कार्तिक ९
रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा न १४ ले भब्य कार्यक्रमका साथ गाइ गोबर्धन पुजा तथा दिपावलिको शुभकामना आदान प्रदान कार्यक्रम गौ आश्रममा सम्पन्न गरेको छ । कार्यबहाका अध्यक्ष सिता ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो। यस्तै कार्यक्रममा नगर उप प्रमुख प्रतिक्षा सिङजालि पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ जिल्लाका सुरक्षा निकायका प्रमुख हरु, रिब्दिकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर कार्कि यस्तै नगर प्रवक्ता यादव सिङ कार्की , वडा न न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई नगर पालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली रुरु स्वास्थ शाखाका प्रमुख छत्र बहादुर अधिकारि कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले यो गौसेवा पाल्पाको गहना भएकोले यहाँको सेवाको लागि कुनै पनि सेवामा कमि नहुने बजेटमा प्रस्तुत गरिने कर्मचारी लाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो ।यस्तै उपप्रमुख प्रतिक्षा सिङजालिले गाउँघरको झल्को यस गौसालाले दियकोले गाउँघरमा गाइहरु कम हुदै गर्दा यस आश्रमले निकै मेहेनतका साथ ब्यवस्थापन गर्नु भएकोमा सस्थालाइ धन्यवाद प्रकट गर्नु भयो
।कार्यक्रममा जन प्रतिनिधि सहयोगि दातालाइ सम्मान गरिएको थियो ।यस्तै कार्यक्रममा संरक्षक शिव शंकर गिरिले यस्को इतिहास महत्त्व सन्चालनको तरिका समस्या र बस्तुस्थिको बारेमा स्वागत गर्दै जानकारी गराउनु भएको थियो हाल यस गौ सेवा आश्रममा १०८ गाइ भन्दा बढि रहेका छन सबै गौ माता लाई बैधिक पुजा अर्चना गरि सातु नुन खुवाउदै गाइलाइ पुजा आजा गरिएको थियो। सस्थाका कार्यवाहक अध्यक्ष सिता ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो सन्चालन सचिव त्रैलोक्य न्यौपानेले गर्नु भएको थियो