पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला भेटियो

पाल्पा । तानसेन नगरपालिका ४ सिल्टानटोलमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा पुराना तोपका गोला भेटिएका छन् ।

तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । अहिलेसम्म ३०० गोला फेला परेको । अझै भेटिने क्रम रहेको उहाँले बताउनुभयो ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *