गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना पुस -२१ “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता ” भन्ने नाराका साथ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा उपभोक्ता भेला तथा अन्य सरोकारला बिच १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेस श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज विकको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि उधोग बाणि संघ प्रहरी प्रशासन महिला समुह आमा समुह कलब सामाजिक अभियानताहरु पुर्व जन प्रतिनिधि हरु बौद्धिक बर्ग शिक्षा क्षेत्रका अगुवाहरु बिद्यालयका प्रधानाध्यापकहरु वित्तीय संस्था होटल संचालकहरुलो पनि सहभागीता रहेको थियो। कार्यक्रममा डिभिजन पाल्पाका प्राबिधिक सहायक सरोज खनाल ले होटललमा खाना बनाउने ब्यक्ति स्वछ सफा गरि बनाउन पर्ने पकाएको सामाग्री फ्रीज तथा भाडमा ढाकछेप गरि राख्नु पर्ने मासु जन्य बस्तु हरु लाई राख्दा ध्यान दिनु पर्ने कुराहरु जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा सभाका अध्यक्ष तथा डिभिजन प्रमुख श्रेष्ठले हरेक सामगृ लाई लेवलको प्रयोग म्याद गुज्रिएका सामाग्रीलाई तत्काल पसलबाट हटाउने , केमिकल मिसावट खाने कुरा निर्माण गर्न निषेध गर्ने तातो चिया तथा खानेकुरा लाई पलास्टिक जन्य थाल पिलेट गिलास प्रयोग नगर्ने , जस्ता विषयमा कार्यक्रममा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नवराज बिकले यस्ता विशेष कार्यक्रम लाई वडाका माध्यमिक तहमा सन्चालन गर्नु पर्ने महिला समुह तथा टोल टोलमा कार्यक्रम सन्चालन गर्नु पर्ने , रिडीको मुख्य समस्या प्रसिद्ध मानिने गुण मापन गुणस्तर र प्याकिङलाई पालिका सित सहकार्य गरि बजारीकरण गरिने प्रतिबद्धता जायर गर्नु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 927

Leave a Reply

Your email address will not be published. Required fields are marked *