जनता मावि गुल्मीको ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न

 

चुरामणि तिमिल्सिना
पुस-२२ जनता माध्यमिक बिद्यालय सत्यवती गाउँपालिका गुल्मीले ३ दिने कार्यक्रम गरि ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डको अध्यक्षता रहेको कार्यक्रमा प्रमुख अतिथि सत्यवति गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले शिक्षा जस्तो महत्त्वपूर्ण बिषयमा कसैले पनि खेलवाड नगरि शिक्षक बिद्यार्थी अभिभावक निरन्तर लागेमा शिक्षामा आमुल परिवतन हुने बताउदै बिद्यालयले अगाडि प्रस्तुत गरेको भावि योजनालाई सम्पन्न गर्न पालिकाको सिङ्गो टिमनै लागि पर्ने बताउनु भयो। बिद्यालयका शिक्षक मणि ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा पालिकाका पुर्व अध्यक्ष पारिस्वर ढकाल माद्यामिक तहका सस्थापक समाजसेवि पदमप्रसाद पाण्डे विशिष्ट अतिथि रहनु भएको थियो।

बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले आर्थिक बर्ष ७८ ७९ को आय व्यय प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो प्रतिबेदन प्रस्तुत गर्दै पाण्डेले बिध्यालयका भावि कार्यक्रमलाई पुरा गर्न स्थानिय तहलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा जनप्रतिनिधि विभिन्न बिद्यालयका प्रधानाध्यापक , सामाजिक अभियानताहरु महिला समुह आमा समुह सुरक्षा निकाय अभिभावक , लगायतको आथित्यता रहेको थियो। कार्यक्रममा विद्यालयका विभिन्न बिधाका नगद तथा जिन्सि वितरण गरिएको थियो समारोहमा बिद्यार्थीले समाजमा परिवर्तन ल्याउन र समाज लाई सुधार्न सन्देश मुलक नाटक , संस्कृती झल्किने गित नृत्य समेत पस्तुत गरिएको थियो। कार्यक्रमको संचालन शिक्षक बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 836

Leave a Reply

Your email address will not be published. Required fields are marked *