दौंघामा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौंघामा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण तथा योजना संझौता एकीकृत घुम्ती शिबिर सम्पन्न भएको छ ।

वडा कार्यालयमा संचालित शिबिर बाट २ जनाले अपाङ्गता र ८२ जनाले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन ।

यस्तै बिभिन्न ३५ वटा योजना संझौता गरिएको छ । शिबिरमा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुन, वडा अध्यक्ष नारायण रेस्मी लगायत विभिन्न शासा प्रमुख तथा कर्मचारीले सहजिकरण गर्नु भएको थियो । स्थनियले आफ्नै वडामा सुबिधा पाएकोमा खुसी ब्यक्त गरेका थिए ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 816

Leave a Reply

Your email address will not be published. Required fields are marked *