यो सन्सारमा घर गुजुरा परिवारको दैनिकी आबस्यकता पूरा गर्न तेति सजिलो छैन ।यकातिर दैनिकी महँगी अर्को तिर परिवारका धेरै बिलासी आवस्यकता बढ्दै जानु प्रमुख कारण भएको रुरु १ मा बाउबाजेको पेशालाई अगाल्दै आउनु भएका एक बिर बिकको भनाइ छ । रुरु क्षेत्र गाउँपालिका वडा न १ भट्कुवामा बुवा गलसिङ विक बाट आरनको काम सिक्दै आयका एक विरले रुरुको रिडी बजारमा लामो समय देखि हसिया दाउ फाला कुटा कोदालो अर्जाप्ने काम गर्दै आउनु भएको छ।
उमेरले६० बर्ष पार गरेका एक वीरले यसै पेशा बाट परिवारका ४ छोरा , १ छोरि र र एक श्रीमती सङै आफू पनि सुखदुःखका साथ पालिदै आउनु भएको छ । केही बर्ष अगाडी अर्गली , कुसेनि ,थोर्गा, भट्कुवा, रातामाटा, कमल पोखरीमा आफ्ना थुप्रै बिस्ट्घर परिवार पनि रहेका थिए । तर समय परिवर्तन हुँदै जादा अहिले यसरी बाली घरे बनाउने काम छाडेको बताउनु भयो। बुवा हुँदा अधिकाम्स समय बिष्ट को घरमा गयर पर्व बापत चामल , ३ पाथि मकै केही चोखिनको रुपमा घ्यू तेल ,यस्तै हरिया तर्कारी खर्च उठाउदै हिडेको आज ताजै सम्झनाआयको बिस्ट ले भन्नू भयो।
बिहान १० बजे खाना खायर रिडीमा झरी साझ करिब ५ सम्म काम गर्ने केही रकम जुहाड गरि खाधन्य् खरिद गरि घर लैजाने गर्नु हुन्छ । यता यस्ता पुरानै प्रबिधि लाई बचाउन र केही आधुनिकता थप्दै लैजान रुरु क्षेत्र गाउँपालिका वडा न १ पनि आरन सुधार कार्य क्रम लाई बजेटमा राखी आरनका लागि चाहिने जिन्सी सामग्री आरन निवासको लागि केही टिनको पाता गतबर्ष बितरण गरेको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिक ले जानकारी दिनु भयो । उहाँलेअहिले पनि नयाँ फलाम खरिद नगरी पुराना हसिया दाउ बनाउदै दिन्चार्य बितेको बताउनु भयो । उहाँले थप्दै भनु भयो बिस्वस्नियता भएर होला सायद आफुलाइ दैनिक काम पुगेको । अबपछीका पिडीले यस्तो ब्यबासाय लाई आर्मसात गरेर यसरि फलाम पिटेर टिन्को छाप्रो मुनि बस्ने संभावना नभएको बताउनु हुन्छ।