चुरामणि तिमिल्सिना
पुस -३०
पाल्पा ,गुल्मी र स्याङ्जाको संगम स्थल विश्वकै धार्मिक ,पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्ये एक धाम रुरु क्षेत्रमा माघे मेला अर्थात माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । तीन जिल्लालाई केन्द्रबिन्दु बनाइ यो मेला हरेक वर्ष लाग्ने गर्दछ।
यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको छ । प्रत्येक बर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ।
पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन -कृतन पुजा पाठ भणडारा दान पुन्य जस्ता कार्यक्रम बढि मात्रमा गरिनछ । यस्तै गुल्मी तर्फ रुरु फेन्डस कलब र फेण्ड्स क्लबले स्थानियको साथ र सहयोग र वडा र पालिका संग समन्वय गरि बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पुरा गरेको रुरु फेन्डस कलबका अध्यक्ष सोभित थापाले जानकारी दिनु भयो।
यस्तै स्याङ्जा तर्फ यस बर्ष युवाहरुको साथ सहयोगमा पहिलो पटक वडा अध्यक्ष कलब भलिबल प्रतियोगिताको आयोजना गरिएको र सम्पुर्ण तयारी समेत पुरा भएको अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताउनु भयो। यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेता पनि व्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेला लाई रौनकताका साथ आयोजना समेत गरिदै आइयको रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो ।
अध्यक्ष नवराजले मेलालाई व्यवस्थापन र पुर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउन्को निम्ति वडा मार्फत पालिका जिल्ला प्रशासन जिल्लाका सुरक्षा निकाय संग सहकार्य गरेर अगाडी बढेको बताउनु भयो। मेलामा पाल्पा ,गुल्मी, स्याङ्जा ,अर्घाखाँची ,रुपन्देही बाग्लुङ ,पर्वत ,रुकुम ,रोल्पा ,काठमाडौ ,दाङ, परासि झापा र इटहरीबाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने गर्दछन ।
पौराणिक महत्त्व यो क्षेत्र तिन जिल्लाको संगम स्थल भएकोले कालीगण्डकी नदिमा स्नान गरि भगवान ह्षीकेशको दर्शन गर्ने दान पुन्य गर्ने जप तर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋण बाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तिर्थ यात्रीहरु आउने गर्दछन।
प्राय गरि यसै दिन आफ्नो ग्रह शान्ति ग्रह दान संन्क्रान्ति अभिषेक गर्न जोगिलाई दान गर्नको लागि यहाँ आउने पनि गर्दछन ।यसरि यहाँको यस दिनको महत्त्व झलकाउन सकिन्छ । यहाँ रुकुमबाट रुकुमेलिहरु भेडाका उनबाट बनेका चार पाटे काम्ला , लम्बरि काम्ला , जुम्लाका अग्रजहरु जुम्लेलि सुइटर टोपि उनका सुइटर राडि पाखि उन्का आस्कोट बिक्री गर्न आउने गर्दछन। यस्तै बाग्लुङको जलजला तथा पाल्पाको रैना देवि , अर्घाखाँचीको निहालि पटौति गुल्मीको लुम्पेक सत्यवति खैरेनि बाट डाला सुपा नाम्ला चाल्नाहरु ब्यापार गर्न तथा हस्त सामग्रीको प्रदसनि गर्न रिडी मेलामा आउने गर्दछन ।
मेलामा रुकुम र रोल्पाबाट आउने हाजि , ओखर यहाँ किन बेच पनि हुने गर्दछ। यस्तै मेलामा पाल्पाको रिब्दीकोट ख्याहा बाट ख्यालि बन्चरो हसिया उदाउने उधिन ढुंङगो , लघुवेलि ताबा हसिया सेल रोटि निकाल्नेजिर लगायतका सामाग्रीहरु यहाँ बिक्री स्थलमा राख्ने गरिनछ । यहाँ धेरै जसो बुटवल लगायतअन्य स्थानबाट विभिन्न प्रकारका ताता कपडा लता कपडाहरु भान्सामा प्रयोग हुने सामग्रीहरु गलैचा तथा घरेलि ढाका तथा ढाका बाट बनेका अन्य सामग्रीहरु बाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन ।
यति मात्र हैन यहाँ यस क्षेत्र कै पाहुरको रुपमा पठाइने गुल्मेलि गुड खुदो गुल्मेलि कफि लेकको टिमुर , बन्पाखाको बाको , पैचोको उत्पादन सिन्कि अचार ग्रामीण भेगमा पाइने महत्त्वपूर्ण तथा आर्युर्बेदिक औसधि पनि यहाँ ठुलो मात्रमा किन बेच हुने गर्दछ। यस बर्ष स्थानीय ब्यापारी झविलाल ढकाल र कृष्ण ज्ञवालीले करिव २० लाख भन्दा माथिको गुडको ब्यापार हुने बताउनु भयो ।गाउँ घरबाट आउने सुन्तलाको मात्र करिव २५ लाखको सेरोफेरोमा ब्यापार हुने सन्केत देखिएको छ। मेला लाई आकर्षक बनाउन गुल्मी बाट आयोजना हुन गैइरहेको बृहत सास्कृतिक कार्यक्रमा राष्टिय कलाकार बाट बेजोड प्रस्तुती स्थानिय कला सस्कृति मौलिक परम्परा चर्के पिङ बचाका लागि रेल तथा जादु घर समेत तयारी गरिरहेको सहआयोजका तर्फबाट प्रयास कसजुले बताउनु भयो ।
मेलालाई लक्षित गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षाको ब्यबस्थापनको निम्ति आफनो कार्यालय लाई आएको जिम्मेवारी पुरा गर्ने र ढुक्क सित मेला भर्न आउने भक्तजनलाई सुरक्षामा कमि हुन नदिने ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताउनु भयो । यस्तै मेलामा बढि मात्रमा ठुला देखि साना सवारी साधनहरुको अध्याधिक चाप हुने हुँदा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका प्रहरी सहायक निरीक्षक जगननाथ पाण्डेले खालि स्थानमा पार्किङको ब्यबस्थापन गरिने सडकका दाया बाया सवारी साधन लाई मिलाइ राख्ने आउने भक्तजनलाई कुनै पनि किसिमको झन्झट बेहोर्न नपर्ने बताउनु भयो। मेलामा गाउँमै कुदियका गिठिका ठेका टुनिका ठेका ठेकि यस्तै गिठिकै आरि बास्बाट बनेका बासका काइया मुडा , ढकिया , स्थानिय महिला समुहले बनायका अगबति विभिन्न परकारका अचार गुल्मी पाल्पा र स्याङ्जाको प्रसिद्ध आलु बाट बनेको चुकौनि बटुक फापरका परिकारहरु यस्तै सखर खन्ड पनि यहाँ किन बेच राम्रो भएको देखिन्छ यता तिर्थ यात्री लाई मन्दिरमा दर्शनको निम्तो लाइनको प्रबन्ध मिलाइने मन्दिर क्षेत्रमा सिसि केमराको ब्यबस्थापन गरिने सोधखोज तथा
जानको निम्ति मन्दिरको प्रवेशद्वारबाट निशुल्क यातायातको ब्य्बस्थापन मिलाइयको र गौशालाइ सहयोग गर्न इच्छुक दाताहरुले मन्दिर गेट निर रहेको यज्ञ मण्डको सचिवालयमा सम्पर्क गर्न अध्यक्ष राजु मल्ल ले जानकारी दिनु भयो।
यता पाल्पा तर्फ कालीगण्डकी नदिमा अध्याधिक स्थान गर्ने हरुको भिड भाड हुने हुदा बुजुलि शौचालय सरसफाइ तथा अन्य सबै कुराको तयारी पुरा भएको वडा न १४ का वडा अध्यक्ष शोभाकर भट्टराईले जानकारी दिनु भयो मेला ५ दिन सम्म लाग्ने छ ।
मेलामा तिन मुखे पुल देव दत्त पार्क गलफुल गुफा हनुमान थान रुरु क्षेत्रका मठमन्दिर १०००८ शालिकराम लगायत थुप्रै आकर्षक केन्द्रहरु रहेका छन