रुरुक्षेत्रमा माघे संक्रान्ति मेलाको पालिका अध्यक्ष यदु ज्ञवालीद्वारा उद्घाटन

 

चुरामणि तिमिल्सिना
माघ -१ पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रमा आज देखि रुरु माघे संक्रान्ति मेलाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्घाटन गर्नु भयो । रुरु क्षेत्रमा लाग्ने मेला रुरु फेण्डस क्लब र फेन्डस कलब रिडीको संयुक्त रुपमा आयोजनां भएको कार्यक्रम राष्ट्रिय कलाकारबाट मनोरञ्जनका कार्यक्रमहरु खेल मैदानमा समेत भएको अध्यक्ष शोभित थापाले जानकारी दिनु भयो ।

मेलामा कृषि प्रदर्शनि समेत राखिएको छ। कृषि केन्द्र तम्घास र सत्यवति गाउँपालिका गुल्मी सहयोगि संस्था रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा प्रदर्शनी संचालन भएको कृषि प्रसारक शिव बन्जाडेले जानकारी दिनु भयो ।

मेलामा राडि ,पाखि, डाला, सुपा, नाम्ला फलामका सामाग्रीहरु , घाजि, सुन्तला , गुड, तरुल , सखरखण्ड लगायतको ब्यापार भएको छ।

साथमा ताता कपडाहरु पनि व्यापार भएको स्थानिय ब्यापारी खिम प्रसाद गौतमले जानकारी दिनु भयो ।मेला भर्न पाल्पा ,गुल्मी ,स्याङ्जा ,अर्घाखाँची , रुकुम, रोल्पा ,डोल्पा झापा ,इटहरी, हुम्ला ,जुम्ला ,कास्कि ,पर्वत ,दाङ , कपिलवस्तुबाट आएका हुन ।

मेला अवधिभर राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।आज बिहानै देखि कालीगण्डकी नदिमा स्नान गर्नेको भिड भाड रहेको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *