स्याङ्जाको कालीगण्डकी वडा न १ को अध्यक्ष कप चापाकोटले हासिल गर्यो

चुरामणी  तिमिल्सिना स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा न १ मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता ५ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।१७ समुहको सहभागीता रहेको प्रतियोगितामा चापकोट वडा न ४ रआयोजक बिच भएको अन्तिम प्रतिस्पर्धामा चापकोट ले प्रथम स्थान हासिल गरेको हो । बिजेता समुह लाई नगद रु १ लाख प्रमाणपत्र ट्रफि र उप बिजेता आयोजक कालीगण्डकी स्पोट्स कलब लाई रु ६० हजार यस्तै तृतीय हुने बाग्लुङले रु ३०००० र चापकोट वडा न २ ले सान्त्वना स्थान हासिल गर्दै रु १५००० प्रमाणपत्र मेडल हात पारेको हो हो । समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो। समारोहमा विशिष्ट अतिथि उपाध्यक्ष साबित्रा कोइराला , प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे वडा न ४ का वडा अध्यक्ष यादव पाण्डे शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले समजासेवि हिमाल श्रेष्ठ , रामलाल बिक केसर बहादुर क्षेत्री , प्रमुख सल्लाहकार बम लामिछाने रहनु भएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष थापाले युवा लक्षित कार्यक्रमहरु पालिकामा पनि गर्दै आएको ले युवाहरू लाई खेल जगत बाट अगाडी बढाउन पालिका बाट सबै प्रकारको सहयोग उपब्ध गराउने र आगामी फागुनमा खेल महोत्सव पनि गर्ने उत्कृष्ट खेलाडी उत्पादन , खेलाडी सम्मान , र यो खेल राम्रो र भब्य भएकोले पालिकाले रु १ लाख पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। वडा न १ का वडा अध्यक्ष तथा पालिकाका प्रबक्ता कृष्ण बहादुर लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा विशिष्ट अतिथि उपाध्यक्ष कोइरालालेअवको समयमा युवाहरू लाई फरक फरक कार्यक्रममा प्रशिक्षण गराइ पालिकाको गहना बनाउने र केन्द्र तह सम्म खेलमा सहभागी गराउने बताउनु भयो । समापन सत्रमा खेलाडी गरु लाई विभिन्न बिधामा नगद प्रमाण मेडमले सम्मान समेत गरिएको थियो। कार्यक्रममा बिच बिचम आइटियफ टेक्वान्डो र सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको सहजीकरण वडा सदस्य मणिक लाल श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको सम्योजक नारायण थापाले गर्नु भएको थियो भने सन्चालन बिकास थापाले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 931

Leave a Reply

Your email address will not be published. Required fields are marked *