लगानी अनुसार प्रतिफल निकाल्न शिक्षक जिम्मेवार हुनुपर्छ:-अध्यक्ष रोसन

माघ-११,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक बिधालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको व्यानर पढेर गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल निकाल्न शिक्षक जिम्मेवारी रहनु पर्ने बताउनु भो साथै उहाँले शिक्षा,स्वास्थ र खेलकुद रास्ट्रको लागि जरुरी रहेको बताउनु भयो । अध्यक्ष अधिकारीले शिक्षकहरुले आफुले गरेको मेहनतको आफै साेमुल्याङकन गर्नु पर्ने पनि बताउनु भएको छ । माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सा कार्किले सचालन गर्नु भयको कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले रिजल्ट सन्तोषजनक नभएको बताउदै सिकाइ उपलब्धि अनिवार्य रहेको बताउनु भयको छ । शुक्रबारसम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा शिक्षा विद एवम कालिका मानवज्ञान बिधालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा,प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहनु भएको छ । वडा न.३ का अध्यक्ष धनेन्द्र कार्किले स्वागत गर्नु भएको कार्यक्रममा माण्डवी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालय ,आधारभुत तहका प्रधानाध्यापकहरु,खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 934

Leave a Reply

Your email address will not be published. Required fields are marked *