चुरामणि तिमिल्सिना नमुना जनबोध माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका गुल्मीको चौथो पटक पनि हरि ज्ञवाली बिध्यालय ब्यबस्थापन समितीको निर्बिरोध अध्यक्ष बन्न सफल हुनु भएको छ । सनिबार बृहत रुपमा सम्पन्न भएको अभिभावक भेलाले वडा न ५ का वडा अध्यक्ष ज्ञवालीले लाई चौथो कार्याकालका लागि निर्बिरोध अध्यक्ष बनाएको बिध्यालयका प्रधानाध्यापक बाम देव ज्ञवालीले बताउनु भयो । बिध्यालय ब्यब्स्थापन समिति चयन गर्ने कार्यक्रममा रुरु क्षेत्र पालिकाका का अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा जस्तो महत्त्वपूर्ण विषयमा कसैले पनि राजनिती गर्न नहुने हरेक बिकासका पुर्वधारहरु निर्माण गर्न सक्षम टिम लाग्नु पर्ने बताउदै बिद्यार्थीहरुको गुणस्तर वृद्धि गर्न शिक्षक अभिभावक बिद्यार्थी र शिक्षा प्रेमीहरुको एक जुट हुन आवस्यक रहेको बताउनु भयो ।कार्यक्रममा पालिका की उपाध्यक्ष मिना देवि गौतम शिक्षा शाखा प्रमुख तेज बहादुर कुमाल वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो। भेलाले कुल चन्द्र ज्ञवाली , तुल्सा आचर्य, मोति कला क्षेत्री बाबुराम पौडेल , र सान्ता परियार लाई सदस्यमा चयन गरेको हो । यस्तै शिक्षक अभिभावक संघ तर्फ बिमल ज्ञवाली अध्यक्ष बन्नु भएको छ । बिध्यालयका गतिबिधि र बिकासका योजनाहरु लाई सरल र पार्दसितापुर्वक सम्म गरेको र हरेक बर्ष नयाँ योजनाका साथ बिध्यालय अगाडी बढेको हुनाले अध्यक्ष ज्ञवाली लाई पुन अध्यक्ष नै दिइयको स्थानियको भनाइ रहेको छ । कार्यक्रममा चक्रपाणि गौतम , हरि ज्ञवाली , मिन प्रसाद ज्ञवाली , नारायण पौडेल शालिक राम पौडेल ले शिक्षालाई बचाउन र अगाडी बढाउन हामि अभिभावकको महत्त्वपूर्ण भुमिका भएकोले सबै लाई हाते मालो गरेर अगाडी बढ्न आग्रह गर्नु भयो यता अध्यक्षज्ञवाली सभामा बोल्दै बिध्यालयको चौतर्फी बिकास गुणस्तर कायम र वृद्धि भौतिक पुर्वधारमा आफ्नो योजना अगाडी बढ्ने प्रतिबद्धता जायर गर्न भयो। अध्यक्ष ज्ञवाली बिध्यालय समिती अध्यक्ष बने पछी शैक्षिक सुधारका कार्यक्रम , नमुना बिध्यालय, कृषि बालि शिक्षा, कम्प्युटर ल्याप भैतिक पुर्वधाराका कार्यक्रम लाई निरन्तर सफल पुर्याउन लाग्ने बताउनु भयो ।
