बिकास सडक निर्माण कार्यमा कालीगण्डकीले फड्को मार्दै

चुरामणि तिमिल्सिना

कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाले चैत्र तिर सक्ने गरि हटिया रानि घाट ग्रामीण सडक स्तर उन्नति कार्यक्रम कालीगण्डकी गाउँपालिकाका स्याङ्जा का अध्यक्ष खिम बहादुर थापा र पालिका उपाध्यक्ष साबित्रा कोइरालाले संयुक्त रुपमा सिलिन्यास कार्यक्रम गर्नु भएको हो । वडा न १ का वडा सदस्य राम प्रसाद श्रेष्ठले कार्यक्रममा स्वागत मनतब्य गर्नु थियो । कार्यक्रममा विशिष्ट अतिथि पालिकाकी उपाध्यक्ष साबित्रा कोइराला प्रमुख प्रशासकीय अधिकृत देबेन्द पाण्डे रहनु भएको थियो। कार्यक्रममा पालिकाका इन्जिनियर सागर आचार्य ले सडक् निर्माण भनेकै समयम नै मापदण्ड अनुसार पुरा गर्न कम्पनी लाई आग्रह गर्दै सहजीकरण र आर्थिकमा कुनै पनि समस्या हुन नदिने गरि पालिका लाई प्रतिबेदन पेस गर्ने प्रतिबद्धता जायर गर्नु भयो । यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष थापाले पालिकाले योजना बनाउदा गुरुयोजनाका साथ अगाडी बढेककोले पछिल्लो समय बिकास का पुर्वधार्हरु तथा सडक निर्माण स्वास्थ खानेपानी प्राबिधिक सिक्षा लगायतका कार्यक्रमहरु लाई सजिलै पुरा गर्न सकि रहेको आफ्नो कार्य काल सम्म १०० किलो मिटर सडक लाई काले पत्रे समेत गर्ने र बाकी रहेका अन्य भित्री सडक हरु पनि क्रमश स्तर उन्नति गर्ने प्रतिबद्धता जायर गर्नु भयो । थापाले यसै बर्ष देखि हरेक बिध्यालय लाई सडकको पहुच सङग जोडन योजना पनि अगाडी बढेको बताउनु भयो। कार्यक्रममा जन प्रतिनिधि सरोकारवालाहरु पालिकाका कर्मचारी, स्थानीय , शिक्षण सस्थाका ब्यक्तित्वहरु लगायतको आथित्यता रहेको थियो कार्यक्रमको अध्यक्षता वडा न १ का वडा अध्यक्ष तथा पालिकाका प्रबक्ता कृष्ण बहादुर लामिछानेको रहेको थियो। करिव २करोड ७३ लाखमा सम्पन्न हुने योजना २२०० मिटर सडक्को काम हुने छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *