♥
प्युठान ।
माण्डवी गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सुरु गरेको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सुरु गरेको हो।जस अन्तर्गत आज गणेश मा.वि तिराम,सुन्नानी आधार मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण भवानीश्वरी प्रा.वि कुमालटारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,वडा अध्यक्ष ,गाउँकार्यपालिका सदस्य,गाउँसभासदस्य,महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकि प्रमुख सीता गौतम,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ,शिक्षक अभिभावक संघका अध्यक्ष ,प्रधानाध्यापक ,शिक्षक ,अअभिभावक तथा सम्वन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी हरुको सहभागिता थियो।यस्तै भोलि कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाँडाकटेरी,माण्डवी मा.वि नयागाउँ,र माण्डवी गाउँपालिका चोक जस्पुरमा सडक नाटक प्रस्तुत गर्ने गाउँपालिकाको तयारी छ। यस्तै पर्सि बागेश्वरी मा.वि माण्डवी गाउँपालिका ५ तिघ्रा र जुजुनेटामा कार्यक्रम सञ्चालन गरिए पश्चात् कार्यक्रम सम्पन्न हुने गाउँपालिकाको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।आजको कार्यक्रममा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी वा) लगायतका कलाकारहरुले प्रस्तुती गरेका थिए ।
