बालविवाह न्युनिकरण सम्वन्धि सडक नाटक आज सकिदै

माघ-२३
प्युठान ।
माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा शनिवार देखि सुरु भयको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुति गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,४ नं वडा अध्यक्ष डिल बहादुर घर्ती , ३ नं वडा अध्यक्ष धनेन्द्र कार्की,गाउपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्य वालिका नेपाली ,स्थानीय जनप्रतिनिधि, कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै यो अभियानलाई सहयोग गर्ने सबैलाई अनुरोध गर्नु भएको थियो । नाटक आज सोमबार बागेश्वरी मा.वि रम्दीको तिघ्रा र ने.रा.आ.वि जुजुनेटा प्रस्तुत रहने र आजै उक्त जनचेतनामूलक कार्यक्रम अौपचारिक रुपमा सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 927

Leave a Reply

Your email address will not be published. Required fields are marked *