चुरामणि तिमिल्सिना राष्ट्रिय भूमी आयोग जिल्ला समिति गुल्मी तथा चन्द्रकोट गाउँपालिकाको संयुक्त आयोजनामा आज चन्द्रकोट गाउँपालिका भित्रका भूमीहिन दलित, भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय विष्णु प्रसाद भुसालको विशिष्ट आतिथ्यतामा संचालन भएको थियो। निस्सा वितरण कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राष्ट्रिय भुमी आयोग जिल्ला समितिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारीहरू, गाउँसभा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल ५६ जनालाई निस्सा वितरण गरिएको थियो।