विद्यालयको ४३ अौँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

फागुन-६,२०७९
प्युठान।
गणेश माध्यमिक माण्डवी गाउँपालिका १ तिराम प्युठानको ४३औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । हिजो विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसन, शिक्षा बिकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिवराज पण्डित,वडा अध्यक्ष बाम बहादुर वुढा,जनप्रतिनिधि, कर्मचारी, शिक्षक,अभिभावक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न अक्षयकोश दाताहरू, पूर्व प्रधानाध्यापकहरु, पूर्व बिधालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई अतिथिहरु बाट सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुले रास्ट्र र समाज परिबर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहने भन्दै शिक्षाले नै हरेक क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका रहेको धारणा राखेका थिए।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *