बम्घाको टाहाटिममा किसान लाई आलु खन्ने चटारो

 

चुरामणि तिमिल्सिना

रुरु क्षेत्र गाउँपालिका वडा न ५ बम्घा टाहाटिम यति खेर आलुमय गाउँ बनेको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश कृषि तथा भुमि ब्यबस्था मन्त्रालय कृषि ज्ञान केन्द्र गुल्मीको सहजीकरण मा यस क्षेत्रमा करिव २४ हेक्टर क्षेत्र फल मा बिभिन्न जात गरेका आलु लगाइ उत्पादन लिन सुरु भएको छ । करिव १०० घर धुरिले आफ्नो जगामा आलु लगाएको स्माट कृषि गाउँ कार्यक्रमका  सचिव मेघराज गिरिले जानकारी दिनु भयो। उहाँले यहाँ काडिनल , टिपेक्स र जनकदेव प्रजातिका आलु लगाइएको र १ किलो लगाउदा २०किलो सम्म कृषकले फल प्राप्त गरेको बताउनु भयो । ३ बर्ष अगाडी कृषक लाई राहत पुर्याउन कृषि उत्पादन लाई वृद्धि गर्न , कृषकको आयार्जनमा वृद्धि गर्न युवा वर्ग लाई बिदेश पलायन रोक्न को लागि ठुलो पहलका साथ यो कार्यक्रम यो टाहाटिम्मा ल्याउन सफल भएको रुरु क्षेत्र गाउँपालिकाका प्रबक्ता तथा वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले बताउनु भयो । यता कृषक बिष्णु गिरिले यसै बर्ष आलु बाटै मङ्ग्य आम्दानी लिन सफल भएको बताउदै आगामी दिन्मा अझ थप आलु लगाउने योजना अगाडी सारेको र बिना रासायनिक मलको प्रयोग गरि उत्पादन गर्ने बताउनु भयो

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *