स्याङजा का उत्कृष्ट पालिका मध्य कालीगण्डकी गाउँपालिका दोश्रो

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा कालीगण्डकी गाउँपालिका दोश्रो उत्कृष्ट पालिकामा सूचिकृत भएको छ ।

आयोगले आर्थिक वर्ष २०८०-०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला ११ पालिकामध्ये आधिँखोला गाउँपालिका उत्कृष्ट भएको छ । आधिँखोला गाउँपालिकाले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा चापाकोट नगरपालिकाले भने सबैभन्दा कम अङ्क प्राप्त गरेको छ । चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क मात्रै प्राप्त गरेको छ ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा आधिँखोला गाउँपालिका प्रथम भएको हो ।

जिल्लामा रहेको पाँच नगरपालिकामध्ये भीरकोट नगरपालिका उत्कृष्ट भएको छ । भीरकोट नगरपालिकाले ६४ दशमलव ००१७ अङ्क प्राप्त गरेको छ । त्यसैगरी पुतलीबजार नगरपालिकाले ५९ दशमलव ०९, वालिङ नगरपालिकाले ५८ दशमलव १६४२, गल्याङ नगरपालिकाले ५२ दशमलव ३४७९ र चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क प्राप्त गरेको छ ।

त्यस्तैगरी जिल्लामा रहेको छ पालिकामध्ये आधिँखोला गाउँपालिकाले उत्कृष्ट भएको हो । यसले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरेको छ । त्यसैगरी कालीगण्डकी गाउँपालिकाले ६७ दशमल २४२६, फेदीखोला गाउँपालिकाले ६६ दशमलव २९९९, अर्जुनचौपारी गाउँपालिकाले ६० दशमलव १८८९, हरिनास गाउँपालिकाले ५९ दशमलव ७६५६ र विरुवा गाउँपालिकाले ५३ दशमलव ३७७७ अङ्क प्राप्त गरेको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *