छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न

चुरामणि तिमिल्सिना गुल्मीको छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न भएको छ । १५ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेको तालिम २ चरणमा गरी ६ दिन सम्म संचालन भएको छ । तालिममा जनस्वास्थ्य निरीक्षक मनोज पौडेल र दिपक पाण्डेले सहजीकरण गर्नु भएको थियो। तालिम समापन सत्रमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले स्वास्थ्य सेवाका सबै सुचनाहरुलाई व्यवस्थित गर्न र योजना तयार पार्न यस तालिमले महत्वपूर्ण योगदान पुर्याउनेछ साथै पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा छिटै कम्पयूटरको व्यवस्था गरिने जस्ले गर्दा संस्थाको रिपोर्टिङ लगायतका प्रशासनिक कार्यमा सहजता हुने धारणा व्यक्त गर्नु भएको छ यता स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले तालिमले स्वास्थ्य सेवाका सबैका सुचनाहरुको रेकर्डिङ र रिपोर्टिङलाई डिजीटाईलेशन गर्न स्वास्थ्यकर्मीहरुको ज्ञान सिप र दक्ष बनाउनेछ भन्दै तालिमको सहि सदुपयोगका लागि स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भएको थियो । कार्यक्रमको संचालन सि.अ.हे.व. सपना टण्डनले गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *