रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना

रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना हुने चुरामणि तिमिल्सिना रुरु फ्रेन्डस् क्लव रिडी गुल्मीले आउदो चैत्र १ गते देखि ५ सम्म आफ्नो स्थापना कालको ४९ औं बार्सिउत्सव समारोह मनाउने भएको छ । समारोहमा विभिन्न ज्ञान बर्धक कार्यक्रम , दौड प्रतियोगिता भलिबल प्रतियोगिता विभिन्न रमाईला कार्यक्रम गरिने क्लवका अध्यक्ष सोभित थापाले बताउनु भयो ।कार्यक्रममा कला संस्कृति बार्षिक प्रतिबेदन शुभकामना प्रदान तथा क्लवको भाबियोजना समेत प्रस्तुत गरिने क्लवका सचिव प्रेम भण्डारीले बताउनु भयो। स्थापना काल देखि विभिन्न सचेतनात्मक कार्यक्रम राहत संकलन बितरण स्वास्थ शिविर दुखी बिपन्न परिवार लाई आर्थिक सहायता खेलाडी लाई प्रोत्साहन कार्यक्रम , सडक नाटक जस्ता कार्यक्रम गर्दै र अन्य संस्था सङ्ग सहकार्य पनि गर्दै आएको क्लबका पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनु भयो ।उहाँले जिल्लामा यो क्लब दोस्रो क्लबको रुपमा दर्ता गरेर सामाजिक क्षेत्रमा काम गर्दै आयकोले अहिले सबैले क्लबको कामको चर्चा परिचर्चा गरेको देख्न र सुन्न पाउदा खुसि व्यक्त गर्नु भयो। कार्यक्रम लाई सफल पार्नको निम्ति क्लबले विभिन्न माद्यमबाट सहयोगको अपेक्षा समेत गरेको कार्यक्रम लाई चेतना मुलक बनाउन खेलमैदानमा सोलो बाइक रेस प्रतियोगिता समेत आयोजना गरिएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 741

Leave a Reply

Your email address will not be published. Required fields are marked *