रुरु सस्कृत बिधापीठमा स्ववियु निर्बाचन सर्वसम्त

चुरामणि तिमिल्सिना रुरु सस्कृत बिधापीठ रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीको स्ववियु निर्बाचनमा सर्वसम्त रुपमा पधाधिकारिहरु चयन भएका छन ।जस्को सभापतिमा नारायण पन्थि चयन हुनु भएको हो यस्तै उप सभापतिमा समिक्षा ज. ब.रा. सचिवमा मधुकृष्ण ज्ञवाली सह सचिवमा राजन पन्थी कोशध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । यस्तै सद्स्यहरुमा नबिन खरेल , सुर्य बहादुर कुमाल मनिषा कुमाल र कुल प्रसाद सुबेदि रहनु भएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर बिद्यापीठमा पधाधिकारिहरु लाई प्रमाणपत्र तथा बधाई ज्ञापन कार्यक्रम समेत गरिएकोको थियो निर्वाचन समितिका सम्योजक शेष नारायण मरासिनी को अध्यक्षमामा सन्चालित बधाई ज्ञापन कार्यक्रममा निर्बाचन मण्डलका सद्स्य खगेन्द्र भुसाल बुद्दि कुमाल मोतिलाल घर्ती मगर र सद्स्य सचिवमा कृष्ण प्रसाद ज्ञवाली बिद्यापीठका गुरुहरु कर्मचारी हरुको आथित्यता रहेको थियो।समारोहमा बोल्दै सभापति नारायण पन्थीले बिद्यार्थीको संख्या वृद्धि सस्कृत शिक्षाको प्रचारप्रसार ,नियामित पठनपाठन तथा बिद्यार्थीको हक हितमा प्रशासन सित सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनु भयो समारोहको सन्चालन कृष्ण प्रसाद ज्ञवालीले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *