भुमिहिन दलित भुमिहिन सुकुमबासि र अव्यवस्थित बसोबासिहरुलाई गुल्मीको सत्यवति गाउँपालिका निस्सा वितरण कार्यक्रम

चुरामणि तिमिल्सिनाले

 

भुमिहिन दलित भुमिहिन सुकुमबासि र अव्यवस्थित बसोबासिहरुलाई गुल्मीको सत्यवति गाउँपालिका गुल्मिमा ६२ जना लागि औपचारिक कार्यक्रमका साथ निस्सा वितरण कार्यक्रम गरिएको हो। पालिकाका अध्यक्ष टिकारम पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा राष्टिय भुमि आयोग गुल्मिका अध्यक्ष राम मल्ल ठकुरिको प्रमुख आथित्यता रहेको थियो। समारोहमा विशिष्ट अतिथि पालिकाकि उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल यस्तै आयोग बिज्ञ सद्स्य तिलाचन पाण्डे आयोगका सद्स्य सिता बलाल , बिर बहादुर गुरुङ वडाका जन प्रतिनिधि समारोहमा विशिष्टत आथित्यता रहेको थियो।कार्यक्रममा कार्यक्रम माथि प्रकाश पार्दै अध्यक्ष मल्लले बेलामै नापजाच समयमै सुरु हुने १० बर्ष सम्म यस्ता जगाहरु बेच बिखन गर्न नपाइने विभिन्न प्रकारका जग्गाको विषय बस्तुको मापदण्डका प्रकार राज्स्व लगायतको विषयमा चर्चा गर्नु भएको थियो । समारोहमा भुमिहिन दलित १६ जना भुमिहिन सुकम बासि सि १३ जना र अव्यवस्थित ३३ जना गरि जम्मा ६२जना लाई निस्सा बितरण गरिएको आयोगका अध्यक्ष राम मल्ल ठकुरीले बताउनु भयो। आयोगले हाल सम्म रुरु क्षेत्र गाउँपालिका , कालीगण्डकी सत्यवति चन्द्रकोट मदाने गाउँपालिका , धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा हाल सम्म ७०३ जना लाई निस्सा बितरण गरिएको बताउनु भयो। यता आयोगका बिज्ञ तिलाचन पाण्डेले यो गाउँपालिकामा फर्म भरेका सबैले निस्सा पाउदा आफैलाई पनि खुसि लागेको बताउदै केही नाम टिपाउन बाकी रहेका लाई पनि आयोगले बिचार गरेर पुन उहाँ हरु लाई पनि निस्सा प्रदान गरिने बताउनु भयो। समारोह लाई समापन गर्दै अध्यक्ष पाण्डेले आयोग्ले छिटो छरितो र जनताका समस्या हरु लाइ सरल तरीकाले समाधान गर्न आग्रह गर्दै पालिका बासि लाई आयोगले प्रदान गरेका जग्गाहरु लाई कृषिमा पनि लगानी गरेर सदुपयोग गर्न जोड दिनु भयो कार्यक्रमको सन्चालन प्रशासन अधिकृत नेत्र प्रसाद पाण्डेले गर्नु भएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनाल समाचार पठाउनु भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *