बिष्णु कुवर
चैत्र ११
नयागाउ । धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउँ मा कारिदास साडेक नेपाल र धुर्कोट गाउपालिका को सहकार्यमा नयागाउँ झल्याकोट कृषि तथा पसु बिकास सहकारिका सदस्यमध्ये २५ जना कृषकलाई भ्रमिक मलको लागि २५ वटा ड्रम र सिंचाइको लागि ४ वटा ड्रम ४ जनालाइ बितरण गरिएको हो सोहिअबसरमा ३ जना नमुना कृषकलाइ प्रोत्साहन स्वरुप नगद पुरस्कार बितरण गरिएको छ
कार्यक्रममा सहकारी अध्यक्ष ममता सुनारको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा राधा पोखरेलको स्वागत मन्तब्य रहेको थियो सबै महिलाहरुलाइ गुन्द्रुक उत्पादन गर्न अनुरोध गर्दै सबै गाउँपालिकाले खरिद गर्ने प्रतिबद्धता गर्नु भएको छ !
धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडा अध्यक्ष चेतमान कुवर, कारिदास नेपालमा अध्यक्ष महेन्द्र भण्डारी ,वडा सदस्य चन्द्र बिक,सहजकर्ता अस्मिता खत्री को विशेष आथित्यता रहेको कार्यक्रममा सन्चालन संयोजक शिव भण्डारीले गर्नु भएको थियो ।