धुर्काेट १ मा वडा कार्यालयले कृषकलाई टनेल वितरण

बिष्णु कुवर चैत्र १३ धुर्कोट नयाँगाउ

गुल्मी जिल्ला धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ वडा कार्यालय द्वारा नयाँगाउका ३० जना कृषकलाई प्लास्टिक टनेल वितरण एक कार्यक्रमका बिच हस्तान्तरण कार्य सम्पन्न गरेकाे छ।
धुर्काेट गाउँपालिका वडा नं १ काे आ ब २०७९/०८० काे बार्षिक कार्यक्रम एक घर एक करेसाबारी कार्यक्रम अनुसार प्रतेक कृषकलाई घरघर टनेल र अर्गानिक तरकारी उत्पादन गर्ने उदेश्यले याे कार्यक्रम लिएकाे वडा नं १ वडा अध्यक्ष चेतमान कुवरले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे हामिले टनेल बितरण विगत जस्ताे गर्दैनाै जाे कृषकले टनेल घर निर्माण गरि आउनुहुन्छ हामिले प्राविधिक पठाउदछाै।र अनुगमन पश्चात मात्र उहाँ हरुलाई टनेल हस्तान्तरण गर्छाै भन्नू भयाे ।
वडा कार्यालयले निबेदन माग गरे अनुसार ३० जना कृषकले आबेदन पेश गरेता पनि हाल अनुगमनमा जाँदा ९ जनाले मात्र टनेलघर निर्माण गरेकाे पाईएकाेले उहाँहरुलाई मात्र वितरण गरेकाे कृषि प्राविधिक भावना महतले जानकारी दिनुभयाे।

साेहि कार्यक्रमकाे बारेमा वडा सचिव नारायण पाेख्रेलका अनुसार टनेल बुझ्न बाकि रहेका कृषकलाई टनेल घर बनाउन भनेका छाै उहाँहरुले टनेल घर बनाएपछि हाम्रा प्राविधिक साथिहरुलाइ कृषककै घरमा अनुगमन गरेर टनेल हस्तानतरण पनि साेहि ठाउँवाटै गराउनेछाै । कृषकले टनेल लिनकाे लागि पटक पटक वडा कार्यालय धाउनु नपर्ने बताउनु भयाे।

धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ वडा अध्यक्ष चेतमान कुबरकाे अध्यक्षता रहेकाे कार्यक्रममा , कार्यपालिका सदस्य कस्मिरा अधिकारी, वडा सदस्य लक्ष्मण थापा, वडा सचिव नारायण पाेख्रेल, कृषि प्राविधिक भावना महत र कृषक हरुकाे उपस्थिति रहेकाे कार्यक्रमकाे संचालन पशु प्राविधिक नारायण जि सी काे संचालनमा सम्पन्न भएकाे थियाे ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *