चुरामणि तिमिल्सिना गुल्मी जिल्लामा एसइई परिक्षाको सम्पुर्ण तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी दिइयको हो। जिल्लाका २८ परिक्षा केन्द्रमा ४७२२ विद्यार्थी सहभागी हुने छन । जिल्लामा प्राबिधिक धार तर्फको पढाई हुने हुँदा प्राबिधिक धार तर्फ १६ बिद्यालय ३४२ जना बिद्यार्थीहरु सहभागी हुने इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनु भयो । यस बर्ष खुल्ला तर्फ ४२ जना बिद्यार्थी सहभागी हुने छन ।
परीक्षा लाई मर्यादित हो हल्ला तथा शान्त बाताबरणमा सम्पन्न गर्न इकाई कार्यालयले विभिन्न विषयमा जिल्लाका सम्बन्धित कार्यालय प्रमुख सित बैठक समेत बसेर निर्णय समेत गरेको छ । मरासिनीले परिक्षा केन्द्रका लागि आवस्यक पर्ने सम्पुर्ण सामाग्री, सुरक्षा , केन्द्राध्यक्ष , निरीक्षक तथा कर्मचारिको ब्यबस्था मिलाइ सकेको बताउनु भयो। परिक्षा केन्द्रमा पालिका अध्यक्ष उपाध्यक्ष शिक्षा प्रमुख यस्तै प्रमुख जिल्ला अधिकारी सहितको टोलिले परिक्षाको अवलोकन गर्ने भिड भाडा नगरी कन केन्द्रमा पुग्ने कार्यक्रम रहेको मरासिनीले बताउनु भयो।
यता रुरु क्षेत्रमा परिक्षा लाई मर्यादित गराउन र शान्त बाताबरणमा सम्पन्न गर्न सुरक्षाको ब्यबस्था मिलाइको , विभिन्न स्थानमामा प्रहरीको गोस्ति सन्चालन गरिएको, बिद्यार्थीहरु खोला किनारमा नुहाउन जादा तथा कपडा धुन पौडि खेल्न जादा सम्यामित भएर जान र गहिरो स्थानमा नुवाइ ध्वाइ नगर्न सबैलाई आफुले आग्रह गरेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताउनु भयो। केही बर्ष पहिला परीक्षा दिन आयका धर्मपुर माध्यमिक बिध्यालयका १ बिद्यार्थीको गहिरो स्थानमा पौडिने क्रममा मृत्यु भएकोले बिद्यार्थी लाई सचेत भएर खोला तथा नदिमा जान आग्रह गर्नु भयो। यस्तै बाहिर बाट आउने विद्यार्थी लाई नडाराइकन निर्धक्क तरीका ले परिक्षा दिन परिक्षा केन्द्र रहेको स्थानमा अनावश्यक ब्यक्तिहरु लाई न आउन हुन आफुले अनुरोध समेत गरेको रिडी माध्यमिक बिध्यालयका प्रधानाध्यापक तथा रिडी परिक्षा केन्द्रका प्रमुख रोहित भण्डारीले जानकारी दिनु भयो। बिद्यार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परिक्षा दिने छन ।रिडीमा दुई परिक्षा केन्द्र तोकिएको छ । रिडी माध्यमिक परिक्षा केन्द्र र सस्कृत तथा साधरण मा बि परिक्षा केन्द्र रहेका छन ,जस्मा रिडी माद्यामिक परिक्षा केन्द्र बाट सस्कृत तथा साधरण माबि , धर्मपुर माबि , राम माबि, र ग्वादि मा बि रहेका छन, यस केन्द्र बाट १३५ जना विद्यार्थी सहभागी हुने छन । यस्तै सस्कृत तथा साधरण माबि केन्द्रमा रिडी मा बि जनता माबि , र लक्ष्मी पुर माबि गरि १२२ बिद्यार्थी सहभागी हुने छन। दुई केन्द्रमा २५७ जना बिद्यार्थी सहभागी हुने सस्कृत तथा साधारण माबिका प्रधानाध्यापक तथा परिक्षा केन्द्र प्रमुख माधव प्रसाद ज्ञवालीले बताउनु भयो। आज बसेको दुवै परिक्षा सन्चालन सहयोग समितिले परिक्षालाई शान्त र मर्यादित बनाउन आफुहरु पनि लागि पर्ने बताउनु भयो ।