दयाराज न्यौपाने
पाल्पा चैत २३/ जिल्लाको बगनासकाली गाउँपालिकाले पाँचवर्षे आवधिक योजना बनाउन लागि परेको छ । बगनासकाली गाउँपालिकाको आयोजना,प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा तिनदिने एक कार्याशाला गरी पाँचवर्षे आवाधिक योजनाको लागि छलफल गरेको हो।
विभिन्न विषयका विज्ञसहित समृद्ध बगनासकाली बनाउनका लागि आवधिक योजना बनाउन जुटेको जनाएको छ। सुशासन, पूर्वाधार, आर्थिक,बन, लगायतका क्षेत्रमा एक मुष्ट रुपमा विशेष योजना बनाउने उद्देश्यका साथ गुरु आवधिक योजना बनाउन लागि परेकाे बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो बगनासकाली गाउँपालिकालाइ कस्तो बनाउने भन्ने बारेमा वहस गरेर आवधिक योजना बनाएका छाैं,’ उहाले भन्नू भयो , ‘स्थानीय तहको चुनावको वेला विभिन्न राजनीतिक दलले घोषणा गरेका राम्रा योजनाहरुलाई समेत समेटेका छाैं।’।बगनासकालीलाई समृद्ध बनाउने उद्देश्यका साथ आवाधिक योजना बनाउँदैछाैं,’ उहाले भन्नु भयो, ‘विभिन्न प्रक्रिया पुर्याएर आवाधिक योजना सार्वजानिक गरिने उहाँको भनाइ छ।
पाँचवर्षे आवधिक योजनामा कस्ता योजनालाई प्राथमिकीकरण गर्ने भन्ने विषयमा समेत वडाहरूमा छलफल गरी विज्ञको सल्लाह बमोजिम तर्जुमा गरिएको उपाध्यक्ष हरि प्रसाद पाठकको भनाइ छ ।
पालिकाका सरोकारवालहरू, विज्ञ, राजनीतिक दलले निर्वाचन ताका गरेका घोषणा पत्रका राम्रा योजनाहरूलाई समेत समावेश गरेका छाैं,’ उहाले भन्नू भयो , ‘आवधिक योजनामा पर्ने सवै योजनाहरू छलफलबाट पनि लिष्ट संकलन गरी सकेका छाैं।’
कार्यकालअवधीमा निर्वाचनका बेला घोषणा गरिएका घोषणा पत्रमा भएका योजनालाई समेतलाई पूरा गर्ने गरि आवधिक योजना तयार गर्न लागेको प्रवक्ता टीका बहादुर थापाको भनाइ छ। नेकपा एमाले प्रदेश सदस्य तथा पुर्व जनप्रतिनिधि ध्रुवराज अधिकारीले गाउँपालिकाले आवधिक योजना निर्माणको थालनीले ब्यवस्थित बिकासको सुरु हुने उहाको भनाइ छ ।
सुशासन तथा संस्थागत ,वन वातावरण तथा बिपत ब्यवस्थापन , सामाजिक बिकास ,पुर्वाधार विकास ,आर्थिक बिकासका पक्षबाट सम्भाव्य मझौला, ठूला पर्यटन , गौरवका योजना , शिक्षा स्वास्थ्य , बाटो कालोपत्रे सिँचाइ एवम् विविध कार्यक्रमहरू प्राथमिकता दिने गरी आवाधिक योजना बन्न लागेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनु भयो ।
कार्यकालअवधीमा निर्वाचनका बेला घोषणा गरिएका घोषणा-पत्रमा भएका योजनालाई समेतलाई पूरा गर्ने गरि आवधिक योजना तयार गर्न लागेको प्रवक्ता टीका बहादुर थापाको भनाइ छ। नेकपा एमाले प्रदेश सदस्य तथा पुर्व जनप्रतिनिधि ध्रुवराज अधिकारीले गाउँपालिकाले आवधिक योजना निर्माणको थालनीले ब्यवस्थित बिकासको सुरु हुने उहाको भनाइ छ ।
नेपाली कांग्रेसका यमलाल तिमिल्सिना ,नेकपा माओवादका खुम बहादुर बिक , नेकपा समाजवादीका कृष्ण बस्याललागाएतले गाउँ पालिकाले थालनी गरेको आवधिक योजनाले गाउँ पालिकाको पाँच बर्ष सहित २५ बर्षमा कहाँ पुग्ने भन्ने बाटो तयगरेको बताउदै आवधिक योजना सुरु गर्नु सुखद भएको भताउनु भयो ।
वाङ्गला इन्जिनियरिङ एन्ड डेभलपर्स प्रा.लि काठमाडौका बि.के बजाचार्य , मन्डुबाबु अधिकारीको सहजीकरणमा तिनदिने आवधिक योजना कार्याशाला सम्पन्न भएको हो ।