ओभरटेक गर्दा बसमा ठोक्किएर SEE परीक्षार्थीको मृत्यु चालक र बस प्रहरी नियन्त्रणमा

चैत-२४,२०७९
प्यूठान।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ मा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमी बोर्डिङ स्कुलको लु १ क १०९४ नम्बरको स्कुलबस लाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा पछाडि बाट ओभरटेक गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ । प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द माध्यमिक विद्यालयमा कायम गरिएको परीक्षा केन्द्रमा एस.इ.इ परीक्षा दिदै थिए । बाँकी बिस्तृत आउन भने बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 815

Leave a Reply

Your email address will not be published. Required fields are marked *