रुरुक्षेत्र गाउँपालिका गुल्मी र भरतपुर महानगरपालिका चितवन बिच भगिनी सम्बन्ध स्थापना

चुरामणि तिमिल्सिना

रुरुक्षेत्र गाउँपालिका गुल्मी , लुम्बिनी प्रदेश र भरतपुर महानगरपालिका चितवन ,बाग्मति प्रदेश बिच औपचारिक कार्यक्रमका साथ पालिकामा भगिनी सम्बन्ध स्थापना कार्यक्रम सम्पन्न भएको छ ।रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर पालिकाका नगर प्रमुख रेणु दाहाल प्रमुख अतिथि रहनु भएको थियो। सम्बन्ध कार्यक्रममा प्रधानमन्त्री कार्यालयका जन सम्पर्क बिज्ञ सल्लाहकार बुद्दि जि ।सि ले कार्यक्रममा शुभकामना राख्दै बिकासका काम गर्दा र भगेनि सम्बन्ध कायम गर्दा राजनिती गर्न नहुने बताउदै आफैले गरेको निर्णयमा आफै अनुपस्थित हुनु लाजको पसारो भएको बताउनु भयो। यस्तै राजनिति गरेमा पालिका कहिलै पनि अगाडी नबढ्ने बताउनु भयो। यस्तै महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवाली , विभिन्न दलका प्रतिनिधि पत्रकार लगायतको आथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमकका प्रमुख अतिथि महानगर पालिकाका नगरप्रमुख दाहालले बिकास निर्माण कार्यक्रम, पर्यटन प्रबन्धन तथा विभिन्न विषयमा पालिका सित आफ्नो नगरपालिकाले साझेदारी तथा भगेनि समबन्धको रुपमा कार्यक्रम गरेको बताउनु भयो ।उहाँले नगरमा भए गरेका काम प्रगति भावि योजना र जनता ले आफ्नो टिमलाई गरेको सहयोगको विषयमा चर्चा गर्दै आगामी दिनहरुमा यस क्षेत्रमा नगरपालिका र केन्द्र सरकार बाट गर्न सकिने पर्यटन प्रबन्धन शिक्षा स्वास्थ जस्ता महत्त्वपूर्ण पुर्वधार निर्माणमा आफुले पनि केन्द्रमा पहल गर्ने यस्तै समबन्ध धुर्कोट गाउँपालिकामा पनि गरिने बताउनु भयो। कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले स्वागत गर्नु भयो । यता उपाध्यक्ष मिना देवि गौतमले यो सम्बन्ध यस पालिकालाइ अत्यानत आवस्यक रहेको बताउदै अवका दिनहरुमा महानगरपालिकाका कामलाई निहाल्दै आफ्नो टिमले कार्य अगाडी बढाउने बताउनु भयो।कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रममा यस भगेनि सम्बन्धले पक्कै पनि यस रुरुक्षेत्रको बिकासमा टेवा पुर्याउने ,पुर्वाधार र तथा हरेक पालिकाका कार्यक्रममा हातेमालो गर्ने , महानगर पालिकाले गरेका अनुसरणिय कामलाई पालिकामा पनि रुपरेखा तयार गरि कार्यक्रम अगाडी बढाउने योजना रहेको बताउनु भयो दाहालले रुरुक्षेत्रमा रहेको तिन मुखे झोलुङ्गे पुल ,कालीगण्डकी करिडोर ,निर्माणाधिन अवस्थामा रहेको रुरु तटबन्धनको तथा खेल मैदानपनि अवलोकन गर्नुभएको थियो कार्यक्रमको संचालन दामोदर ज्ञवालीले गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *