चुरामणि तिमिल्सिना
कुमारी बैंक रिडी शाखा र रुरु जनसेवा पोलिकिल्निक बिच औपचारिक कार्यक्रमका साथ विभिन्न सेवामा सहुलियत पुर्याउने उद्देश्यका साथ दुबै पक्ष बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । स्वास्थ पक्ष बाट डा बिकास पन्थि र बैंकका तर्फबाट शाखा प्रमुख भिष्म ज्ञवालीले सहुलियत फाइलमा सम्झौता गर्नु भएको हो। कार्यक्रममा पुर्व वडा उपाध्यक्ष चन्द्रलाल कसजु को अध्यक्षता रहेको थियो । यस्तै कार्यक्रममा रुरु क्षेत्र गाउँपलिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क. प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा समाज सेवि जिवन कुमार कसजुको विशिष्ट आथित्थ्यता रहेको थियो यस्तै दुर्गा पन्थ. अमुल्य श्रेष्ठ , रबिलाल पन्थ, माधव ज्ञवाली ,लगायत बैंकका कर्मचारीहरुको आथित्थ्यता रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य राख्दै विभिन्न सेवाका विषयमा प्रकाश पार्दै विभिन्न शीर्षकहरुमा हुने सहुलियतका विषयमा प्रष्ट पार्नु भएको थियो। यस्तै बैंकका तर्फबाट भिष्म ज्ञवालीले कुमारी बैंकका हरेक खातावालाले विविध शीर्षकमा छुट्टाछुट्टै छुटको ब्यबस्था भएकोले ग्राहक बर्गहरु लाई सेवा लिन आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।