रुरु गौसेवा आश्रम रुरुक्षेत्र धाम तानसेन नगरपालिका वडा न १४ को दोस्रो वार्षिक साधरण सभा गौसेवा आश्रममा सम्पन्न भएको छ। आश्रमका अध्यक्ष राजु राणाको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका राष्टिय महासंघ नेपालका महासचिव तथा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष थापाले यस आश्रमका लागि पालिकाले अवका दिनमा आर्थिक भौतिक तथा सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जायर गर्दै आफुले पालिका महासंघमा पनि आजिवन सदस्यता बिस्तार गर्न आफु लागि पर्ने बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली नगर प्रभक्ता यादव सिंह कार्की कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रवक्ता कृष्ण बहादुर लामिछाने तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई इन्जिनियर झबिन्द्र ज्ञवाली ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यम लाल बन्जाडे विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै रामलाल बि.क. जिवन कुमार कसजु सुन्दर ज्ञवाली बिष्णु भण्डारी भिम श्रेष्ठ तथा विभिन्न क्षेत्रका जन प्रतिनिधिको आतिथ्यता रहेको थियो। कार्यक्रममा अध्यक्ष राणा ले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कृष्ण बहादुर कुँवर वडा न १४ अर्गली कालीगण्डकी गाउँपालिका स्याङ्जाले पनि आज देखि आजिवन सदस्यता लिने भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले अव यस गौसेवा सन्चालनको लागि दीर्घकालीन योजना सङै आजिवन सदस्यता बिस्तार कार्यक्रम अगाडी बढाइ स्थानिय निकाय लाग्नु पर्ने जोड दिएका थिए कार्यक्रममा स्वागत मनतब्य उपाध्यक्ष सिता ज्ञवालीले राख्नु भएको थियो। कार्यक्रमको संचालन त्रैलोक्य न्यौपाने र शंकर गिरिले गर्नु भएको थियो
