चुरामणि तिमिल्सिना बैशाख ५
रुद्रवेणीका बोटे माझी लाई पुर्व अध्यक्ष ढकाल ले गरे सहयोग
गुल्मीको सत्यवती गाउँपालिका वडा न १रूद्रबेणी बोटेमाझी लाई खाना पकाउने सामान हस्तान्तरण गरिएकोछ । पालिकाका पुर्व अध्यक्ष पारिस्वर ढकाल र उहाँकी धर्मपत्नी राधा ढकालले संयुक्त रुपमा सामाग्री उपलब्ध गराउनु भएको हो।
। समुहका लागी भोज भतेर पुजाआजामा आबस्यक देखिएको सामानहरू खरिदगरी हस्तान्तरण गरिएको ढकालले बताउनु भयो ।लोपोन्मुख र पछाडीपरेको जाती लामो समयसम्म अलपत्र अवस्थामा रहेकोमा हाल आवास बनेकाछन् सबैको घरमा सरसफाई छ सभ्यताको बिकास भएको छ यो बिगत लामो समयको मेहनतले समाज परिवर्तन भएको देख्न पाउदा खुसिको अनुभुती मिलेको अध्यक्ष ढकालको भनाइ छ ।
।यता धर्मपत्नी राधाले पनि विभिन्न मठमन्दिर तथा सामाजिक सस्था पौवाहरुमा पनि यस्तै सामाग्रीहरु प्रदान गर्दै आयको बताउनु भयो । यता सामान लिदै भने हाम्रा समुदायको हरेक कार्यक्रममा यि थाल गिलास डेक्चि गिलास लगायत अभाव भएको थियो आज सस्था लाई ठुलो राहत सहित सहयोग गर्नु भएकोमा दम्पती परिवार लाई धन्यवाद समेत व्यक्त गरेका थिए ।