बस दुर्घटनामा १ जनाको मृत्यु

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको भने दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । बस दुर्घटनामा परेर रुपन्देही जिल्ला देवदह–३, का ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको छ ।

बस दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते सबैको तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *